© २०२३
बुटवल, ७ माघ ।
लुम्बिनी प्रदेशका मुख्य मन्त्री लिला गिरीले अवको यात्रा सामाजिक न्यायमा आधारित आर्थिक रुपान्तरण रहेको बताएका छन् ।
तिलोतमा ४ मा रहेको जनज्योति माविको ५५ ओैं वार्षिकोत्सब तथा अभिभावक दिवसका अवसरमा बोल्दै उनले राजनैतिक क्रान्ति सफल भएको र अब मुलुक समाजिक न्यायमा आधारित आर्थिक समृद्धिको यात्रामा अगाडि बढिरहेको बताए ।
मुख्यमन्त्री गिरीले यसमा सम्पूर्ण नागरिकको भूमिका महत्वपूर्ण रहनुका साथै मुलुकको समृद्धिका लागि सामुदायिक विद्यालयहरुको शैक्षिक कार्यक्रम र कार्यरत शिक्षक तथा कर्मचारीहरुले पेसागत ईमानदारीता, जवाफदेहिता, विश्वसनीयतालाई गुमाउन नहुने र यसका लागि हरपल कोशिस गरिरहनु पर्ने बताए ।
उनले पछिल्लो समयमा शैक्षिक जनशक्ति विदेश पलायन बढ्दो क्रममा रहेकोले यसलाई निरुत्साहित गर्नका लागि पाठ्यक्रमहरु पढ्दै कमाउदै तर्फ केन्द्रीकृत हुनु पर्ने बताए । यसो भएमा मात्रै नेपालले विश्वव्यापीकरणको फाईदा लिन सक्ने भन्दै उनले आफुले कुनै समयमा शिक्षण समेत गरेको विद्यालयको ५५ ओैं वार्षिकोत्सव समारोहमा उपस्थित हुन पाउँदा खुसी लागेको बताउँदै विद्यालयको आगामी कार्यक्रममा सक्रिय सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।