Butwal Today

राप्ती प्रादेशिक अस्पताल र थारु राजा दङ्गीशरणको इतिहास संरक्षण गर्न रु ४ करोड

२ असार २०८३, मंगलवार
अ+
अ-

दाङ । लुम्बिनी प्रदेश सरकारले यहाँ स्थित राप्ती प्रादेशिक अस्पताललाई रु चार करोड बजेट विनियोजन गरेको छ । सोमबार प्रदेशसभामा पेस गरिएको  बजेट  भाषणमार्फत  आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले सो कुरा बताएका हुन ।

“अस्पतालको स्तरोन्नतिका लागि उक्त बजेट विनियोजन गरिएको हो । अब, अस्पताल २०० श्ययामा विस्तार हुने भएको छ”, उनले भने ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई सरकारले बजेट विनियोजन गर्दा प्राथमिकतामा नपारेको भन्दै यसअघि यहाँका नागरिकले विरोध गर्दै आएका थिए । यस पटकको बजेटले भने धेरै आशा पलाएको छ, स्थानीय खुमानन्द अधिकारीले भने ।

त्यसै गरी, प्रदेश सरकारले थारु राजा दङ्गीशरणको इतिहास संरक्षण गर्नका लागि यस पटक बजेट विनियोजन गरेको छ । सुकौराकोट पर्यटकीय स्थलको पूर्वाधार निर्माण र थारु सङ्ग्रहालय निर्माणका लागि रु चार करोड बजेट विनियोजन गरेको छ । बजेट विनियोजन भएपछि यहाँका थारु अगुवा तथा सर्वसाधारण खुसी भएका छन् ।

उनीहरूले थारु राजा दङ्गीशरणको इतिहास संरक्षण र सुकौराकोटलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न उक्त बजेटले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?