© 2026
४८ टोली, १०४ खेल र ३९ दिनको रोमाञ्चक यात्रापछि विश्व फुटबलले नयाँ च्याम्पियन पाउनेछ।
मेक्सिको सिटीदेखि टोरन्टो र लस एन्जलससम्म फैलिएको यो प्रतियोगिता विश्वकपको नयाँ युगको सुरुआत पनि हो। किनभने विश्वकपको इतिहासमा पहिलोपटक ४८ टोली सहभागी हुँदैछन्। यसअघि ३२ टोली खेल्ने प्रतियोगितामा अब थप १६ राष्ट्रहरुले विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा आफ्नो उपस्थिति जनाउने अवसर पाएका छन्।
प्रतियोगिता १६ शहरमा आयोजना हुँदैछ, जसमा अमेरिकाका ११, मेक्सिकोका ३ र क्यानडाका २ शहर समावेश छन्।
जुलाई १९ मा न्युयोर्क– न्यु जर्सीस्थित मेटलाइफ रंगशालामा हुने फाइनल खेलसहित च्याम्पियन टोलीले कुल ८ खेल खेल्नेछ।
पछिल्लोपटक अमेरिकाले सन् १९९४ मा विश्वकप आयोजना गरेको थियो। जतिबेला मात्र २४ टोली थिए। १५औं संस्करण त्यतिबेला ५२ खेल भएका थिए। यसपालि टोली र खेल संख्या ठ्याक्कै दोब्बरले बढेको छ।
नेपाल र आयोजक देशहरू बीचको समय भिन्नताका कारण खेलहरू नेपाली समय अनुसार अबेर राति र बिहान सबेरै हुनेछन्।
खेलको समय: राति १२:४५, १:००, २:०० देखि बिहान ४:४५, ५:४५ र ७:४५ सम्म।
| समूह ए | मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया, चेक |
| समूह बी | क्यानडा, बोस्निया-हर्जगोभिना, कतार, स्विट्जरल्याण्ड |
| समूह सी | ब्राजिल, मोरक्को, हाइटी, स्कटल्याण्ड |
| समूह डी | अमेरिका, पाराग्वे, अष्ट्रेलिया, टर्की |
| समूह इ | जर्मनी, कुरासाओ, आइभरी कोस्ट, इक्वेडर |
| समूह एफ | नेदरल्याण्ड्स, जापान, स्वीडेन, ट्युनिसिया |
| समूह जी | बेल्जियम, इजिप्ट, इरान, न्युजिल्याण्ड |
| समूह एच | स्पेन, केप भर्डे, साउदी अरब, उरुग्वे |
| समूह आई | फ्रान्स, सेनेगल, इराक, नर्वे |
| समूह जे | अर्जेन्टिना, अल्जेरिया, अस्ट्रिया, जोर्डन |
| समूह के | पोर्चुगल, कंगो डीआर, उज्बेकिस्तान, कोलम्बिया |
| समूह एल | इंग्ल्याण्ड, क्रोएसिया, घाना, पानामा |