Butwal Today

सुनको मूल्यमा एकैदिन १० हजारभन्दा बढी गिरावट, चाँदी पनि सस्तो

२७ जेष्ठ २०८३, बुधबार
अ+
अ-

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला १० हजार १०० रुपैयाँले घटेको हो।

मंगलबार प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार घटेर २ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ९२५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १८५ रुपैयाँले सस्तो हुँदै प्रतितोला ४ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि देखिएको व्यवसायीहरू बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?