Butwal Today

सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीद्वारा बजेट वक्तव्य सुरु    

१५ जेष्ठ २०८३, शुक्रबार
अ+
अ-
काठमाडौँ ।  अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट वक्तव्य सुरु गरेका छन् । सङ्घीय संसद्को संयुक्त बैठकमा उनले आज आर्थिक वर्ष २०८३र८४ को आय–व्ययको अनुमानित विवरण प्रस्तुत गर्न सुरु गरेका हुन ।
यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले बजेट वक्तव्य स्वीकृत गरेको थियो ।
चालु आर्थिक वर्षका लागि अघिल्लो सरकारले रु १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट विनियोजन गरिएको थियो । जसमा कुल विनियोजनमध्ये चालुतर्फ रु ११ खर्ब ८० अर्ब ९८ करोड, पुँजीगततर्फ रु ४ खर्ब ७ अर्ब ८९ करोड विनियोजन गरिएको थियो । यस्तै वित्तीय व्यवस्थातर्फ रु ३ खर्ब ७५ अर्ब २४ करोड बराबरको व्यवस्था गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?