Butwal Today

बेलायतका ‘इण्डो प्यासिफिक’ मन्त्रीद्वारा पशुपतिनाथको दर्शन

१० जेष्ठ २०८३, आइतबार
अ+
अ-

काठमाडौँ । बेलायतका ‘इण्डो प्यासिफिक’मन्त्री सीमा मल्होत्राले आराध्यदेव भगवान् श्री पशुपतिनाथको दर्शन गरेकी छन् ।

बेलायती मन्त्री मल्होत्राले पशुपतिनाथ मूल मन्दिरभित्रका अन्य देवी देवताको पनि विधिपूर्वक दर्शन गर्नुभएको पशुपति क्षेत्र विकास कोष, संस्कृति महाशाखाका निमित्त प्रमुख अरुण श्रेष्ठले राससलाई जानकारी दिए ।

पशुपतिनाथको दर्शन गरेपछि उनले नाथका मूल अर्चक गणेश भट्टबाट टीका तथा प्रसाद ग्रहण गरेकी थिइन । पशुपतिनाथ र यहाँका प्राचीन मठ, मन्दिरका बारेमा मन्त्री मल्होत्रालाई कोषका पुरातत्त्व अधिकृत सुशील कुमार गौतमले जानकारी गराएका थिए ।

मन्दिरको दर्शनपछि कोषको आगन्तुक पुस्तिकामा उनले धेरै राम्रो आध्यात्मिक भ्रमणको अवसर मिलेको र यसबाट आनन्द प्राप्त भएको उल्लेख गरेको छ । मन्त्री मल्होत्रालाई कोषका सदस्य सचिव रामबहादुर कुँवरलगायत वरिष्ठ कर्मचारीले पशुपतिनाथ मन्दिर परिसरमा स्वागत गरेका थिए ।

मन्त्री मल्होत्रा शुक्रबार नेपाल भ्रमणका लागि आएकी थिइन । शनिबार उनले कपिलवस्तुस्थित तिलौराकोटको पनि भ्रमण गरेकी थिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?