Butwal Today

कांग्रेसबाट सभामुखका लागि ईश्वरी न्यौपानेले गरिन् उम्मेदवारी दर्ता

४ माघ २०७९, बुधबार
अ+
अ-

काठमाडौँ ।  नेपाली कांग्रेसबाट सभामुखका लागि ईश्वरी न्यौपानेको उम्मेदवारी दर्ता गराएकी छन् । बुधबार न्यौपाने उम्मेदवारी दर्ताका लागि सवा ३ बजे संसद भवन पुगेकी हुन् ।

न्यौपानेको प्रस्तावकमा कांग्रेस महामन्त्री समेत रहेका सांसद विश्वप्रकाश र समर्थकमा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वाला रहेका छन् ।कांग्रेसले आजै न्यौपानेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय  गरेको थियो ।