Butwal Today

प्रतिनिधिसभा: व्यवसायीलाई स्थानीय तहमा कर तिर्ने व्यवस्था गर्न माग

४ जेष्ठ २०८३, सोमबार
अ+
अ-

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले व्यवसायीलाई स्थानीय तहमा कर तिर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन् ।

आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) विषयक छलफलमा भाग लिँदै अध्यक्ष राईले न्यून रकमको कर तिर्न पनि टाढा टाढाबाट कर कार्यालय धाउनुपर्ने जनगुनासो आएकाले यसलाई सम्बोधन गर्न सरकारसँग आग्रह गरे ।

उनले सभाको बैठकप्रति सरकार जिम्मेवार नदेखिएकाले आफूहरूले ‘प्ले कार्ड’ राखेर विरोध गरेको जनाए । सांसद राईले सप्तकोसी धरान क्षेत्रका तटबन्ध, खानेपानी र ल्याण्डफिल्ड साइट निर्माणका विषय आगामी बजेटमा समावेश हुनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?