Butwal Today

अर्घाखाँचीमा बस दुर्घटना : ४ जनाको मृत्यु

२९ बैशाख २०८३, मंगलवार
अ+
अ-
अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिका–८, दुर्गाफाँट कुडुलेमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भने २६ जना घाइते भएका छन् ।

पर्वत जिल्लाबाट अर्घाखाँची भ्रमणका लागि आएको ध १ ख  ५०४ नम्बरको बस फर्कने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घाइतेको पाल्पा अस्पतालमा २० जना र जिल्ला अस्पताल सन्घिखर्क, अर्घाखाँचीमा  ६ जना घाइतेहरुको उपचार जारी रहेको छ ।

अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी दिवसबहादुर जिसीले घटनास्थल पुगेर उद्धार कार्य भइरहेको जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?