Butwal Today

संसद्‌बाट बाहिरिएको विषयमा कांग्रेसले माग्यो प्रधानमन्त्रीको जवाफ

२९ बैशाख २०८३, मंगलवार
अ+
अ-

काठमान्डौँ ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरेकै समयमा बैठक छाडेर हिँडेको विषयमा प्रधानमन्त्रीको जवाफ माग गरेको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा कांग्रेसले राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत प्रधानमन्त्री बाहिरिनु सामान्य दृश्य मात्रै नभएको भन्दै प्रधानमन्त्रीको जवाफ माग गरेको हो ।

मंगलबार संसद बैठक सुरु हुनेबितिकै कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख डोल प्रसाद अर्यालले कांग्रेस प्रमुख सचेतक बासना थापालाई बोल्न समय दिए । कांग्रेस प्रमुख सचेतक थापाले लोकतान्त्रिक संसदीय अभ्यासको इतिहासमा सायद विरलै देखिने दृश्य सोमबारको बैठकमा देखिएको बताइन ।

राष्ट्रपतिबाट सरकारकै नीति तथा कार्यक्रम प्रस्तुत भइरहदा प्रधानमन्त्री सदनबाट बाहिरिनु केवल एउटा सामान्य दृश्य नभइ संवैधानिक संस्कार, संसदीय परम्परा, राज्यको उत्तरदायित्व बिपरित भएको उनले बताइन । पदभन्दा ठूलो मर्यादा र मर्यादाभन्दा ठूलो जनविश्वास भएको भन्दै उनले यस बिषयमा प्रधानमन्त्रीको स्पष्ट जवाफ माग गरिन ।

उनले संवैधानिक पदको सम्मान गर्न र संसदीय परम्परालाई कमजोर नबनाउन ध्यानाकर्षण समेत गराइन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?