ट्रेंडिंग:

>> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई

आज मन्त्रिपरिषद बिस्तार हुँदै

प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक मङ्गलबार अपराह्न चार बजे आह्वान गरेका छन् । मन्त्री लामिछानेका अनुसार मन्त्रिपरिषद् विस्तारपछि सर्वदलीय बैठक बस्नेछ ।
३ माघ २०७९, मंगलवार
३ माघ २०७९, मंगलवार

काठमाडौँ, ३ माघ ।

मन्त्रिपरिषद् विस्तार आज मङ्गलबार हुने भएको छ । सत्ता साझेदार पाँच राजनीतिक दलबीच मन्त्रालय बाँडफाँटको विषयमा सहमति भएपछि मङ्गलबार नै शपथग्रहणको कार्यक्रम तय भएको छ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहित सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले मन्त्रालय बाँडफाँट टुङ्ग्याएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीबीच मन्त्रालय बाँडफाँटको विषय टुङ्ग्याएको हो । राजनीतिक संयन्त्रको बैठकअघि मन्त्रालय बाँडफाँटको विषयमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच बालकोटस्थित ओली निवासमा बिहानैदेखि छलफल भएको थियो । बैठकपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले मन्त्रालय बाँडफाँट सकिएको र मङ्गलबार दिउँसो १ बजे शपथग्रहण कार्यक्रम तय भएको बताए । उनका अनुसार त्यसको जानकारी राष्ट्रपति कार्यालयलाई गराइएको छ ।

उनले भने, “सोमबारको बैठकमा कुन–कुन पार्टीले कुन–कुन मन्त्रालयको जिम्मेवारी लिने भन्ने कुरा तय ग¥यौँ । मन्त्रालयको बाँडफाँट टुङ्गिएको छ । मङ्गलबार दिउँसो एक बजे शपथग्रहणको कार्यक्रम छ । राष्ट्रपतिलाई जानकारी पनि गराइसकेका छौँ । यहाँ भएको निर्णय आ–आफ्नो पार्टीमा छलफल गरेपछि मात्रै सार्वजनिक गरिने छ ।”

उनका अनुसार सरकार समर्थित नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी तत्काल सरकारमा नआउने भएका छन् । “लोसपा र नागरिक उन्मुक्ति पार्टीको समर्थन सरकारलाई छ तर उहाँहरू आउने (मन्त्रिपरिषद्मा समावेश हुने) सम्भावना देखिएको छैन,” उनले भने ।

कुन दलले कुन–कुन मन्त्रालय पाए भन्ने प्रश्नमा मन्त्री लामिछानेले सहमतिमा पुग्यौँ तर पार्टीभित्र एक पटक सल्लाह गरौँ, अन्तिम चरणमा कुनै फेरबदल हुनसक्छ, त्यसैले मङ्गलबारै सार्वजनिक गर्ने तय भएको बताए । जनता समाजवादी पार्टीले दुई मन्त्रालय मात्रै पाए सरकारमा सहभागी नहुने बताएको छ । अध्यक्ष उपेन्द्र यादवले सम्मानजनक मन्त्रालय बाँडफाँट नभएकाले सरकारमा सहभागी हुन नसकिने बताए ।

प्रधानमन्त्री प्रचण्डले शपथग्रहणसँगै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई नियुक्त गरेका थिए । बिनाविभागीय मन्त्रीमा ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्रकुमार राई र अब्दुल खान नियुक्त भएका थिए ।

सत्ता साझेदार दलहरूबीच रक्षा, सङ्घीय मामिला तथा सामान्य प्रशासन, कृषि तथा पशुपन्छी विकास, वन तथा वातावरण, सञ्चार तथा सूचना प्रविधि, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा मन्त्री नियुक्त गर्ने सहमति जुटेको छ ।

प्रधानमन्त्री प्रचण्डले नै सम्हाल्दै आएका ऊर्जा, जलस्रोत तथा सिँचाइ, खानेपानी, परराष्ट्र, उद्योग, वाणिज्य तथा आपूर्ति, शिक्षा, विज्ञान तथा प्रविधि, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, युवा तथा खेलकुद, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, सहरी विकास, स्वास्थ्य तथा जनसङ्ख्या, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा मङ्गलबार नयाँ मन्त्री नियुक्त हुनेछन् ।

सर्वदलीय बैठक आजै

प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठक मङ्गलबार अपराह्न चार बजे आह्वान गरेका छन् । मन्त्री लामिछानेका अनुसार मन्त्रिपरिषद् विस्तारपछि सर्वदलीय बैठक बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?