© २०२३
काठमाडौं ।
यती एयरलाइन्सको आइतबार पोखरामा भएको विमान दुर्घटनाका मृतकको शव आफन्तलाई बुझाउन सुरु गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबार एक विज्ञप्तिमार्फत सो जानकारी गराएको हो ।
पोखरामा शव बुझ्न चाहने आफन्तजनलाई पोस्टमाटम पश्चाम शव बुझाउन सुरु गरिएको प्राधिकरणको भनाइ छ ।प्राधिकरणका अनुसार कुल सवार ७२ मध्ये ६९ जनाको शव फेला परेको छ भने ४१ जनाको पहिचान भइसकेको छ । यस्तै थप सहजीकरणको लागि काठमाडौँबाट फरेन्सिक विज्ञ टोली पोखरा पुगेको पनि प्राधिकरणले जनाएको छ ।