© 2026
बुटवल । रुपन्देहीको भैरहवामा मापदण्ड विपरीत र इजाजत नलिइ सञ्चालनमा रहेका १७ वटा मेडिकल बन्द गराइएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय, प्रहरी कार्यालय र सिद्धार्थनगर नगरपालिकाका प्रतिनिधिहरुको टोलीले अनुगमन गरी दर्ता नभएका, मापदण्ड पूरा नगरेका १७ वटा मेडिकल बन्द गराएको हो। 