© 2026
बुटवल । बुटवल उपमहानगरपालिकाले जितगढी विजय उत्सवको अवसर पारेर सम्पदा यात्राको आरम्भ गरेको छ। नेपाल अंग्रेज युद्धमा नेपालले जित हासिल गरेको खुशीयालीमा हरेक वर्ष वैशाख ७ मा जितगढी विजय उत्सवको अवसरमा सम्पदा यात्रा आरम्भ गरेको हो।
सम्पदा यात्राको आरम्भ गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले हरेक विद्यालय, क्लब, संस्थाहरु र सामाजिक तथा पेशागत संस्थाहरुलाई वार्षिकोत्सव तथा स्थापना दिवसको अवसरमा जितगढी किल्ला र पूरानो बुटवल क्षेत्रको भ्रमण गर्नका लागि आह्वान गरे।
उनले यसरी किल्लाको प्रवर्द्धनका साथसाथै पूरानो बुटवलको प्रवर्द्धन हुने बताए। उनले पूरानो बुटवलका साथसाथै जितगढी किल्लालाई पर्यटकीय स्थलका रुपमा स्थापित गर्दै लैजानका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको बताए।
सम्पदा यात्रा पूरानो बुटवलको गणेश मन्दिरबाट शुरु भएर पूरानो बुटवल घुमेर जितगढी किल्लामा पुगेको थियो। किल्लामा पुगेर जितगढी उत्सव कार्यक्रमको मूल समारोह भएको थियो।