ट्रेंडिंग:

>> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित

लुम्बिनीमा माघ २ मा सार्वजनिक बिदा, प्रदेश सरकारले माघी महोत्सव मनाउने

२९ पुष २०७९, शुक्रबार
२९ पुष २०७९, शुक्रबार

रुपन्देही । माघीलाई विशेष पर्वको रुपमा मनाइने लुम्बिनीमा प्रदेश सरकारले माघ २ गते सार्वजनिक बिदा दिएको छ । आन्तरिक तथा कानून मन्त्रालयले माघ २ गते बिदा दिइएको जनाएको हो ।

लुम्बिनी प्रदेश सरकारले माघी महोत्सव मनाउने भएको छ । यही माघ २ गते मुख्यमन्त्री निवास परिसरमा विशेष समारोहको आयोजना गरी महोत्सव मनाउन लागेको हो ।

माघे संक्रान्ती/माघी पर्वका अवसरमा आयोजना हुने माघी मिलन कार्यक्रम २०७९ लाई विशेष र व्यवस्थित बनाउन मुख्यमन्त्री लीला गिरीले सचिवहरुलाई निर्देशन दिएका छन् ।

मुख्यमन्त्रीको अध्यक्षतामा शुक्रबार बसेको बैठकमा प्रमुख सचिव डा. दीपक काफ्ले र विभिन्न मन्त्रालयका सचिवहरुले मातहतका मन्त्रालयको अवस्थाका बारेमा जानकारी गराएका थिए ।

बैठकमा मन्त्रीहरु चेतनारायण आचार्य र कृष्णा केसीको पनि उपस्थिति थियो । मन्त्रालय र मातहतका कार्यालयहरुबाट हुने सेवा प्रवाहलाई चुस्त, दुरुस्त र पारदर्शी बनाउन मुख्यमन्त्रीले सचिवहरुलाई निर्देशन दिए ।

माघी महोत्वसका अवसरमा सांस्कृतिक झाँकी प्रदर्शन गर्ने, झाँकीहरुलाई उत्कृष्टताका आधारमा प्रोत्साहनस्वरुप पुरस्कृतसमेत गर्ने गरी तयारी भइरहेको आन्तरिक मामिला मन्त्रालयका सचिव कोमलप्रसाद धमलाले जानकारी दिए ।

महोत्सवका लागि मूल आयोजक समिति, व्यवस्थापन समितिलगायतका समितिहरु गठन गरिएको छ । माघी उत्सवका अवसरमा स्थानीय तहसँगको समन्वयमा २-२ वटा थारु र मगर झाँकी, १-१ वटा गुरुङ्ग र नेवार झाँकीको व्यवस्था मिलाउने, झाँकीको प्रस्तुति गर्ने टोलीलाई प्रतिटोली २० हजार रकम यातायात खर्चबापत मन्त्रालयले उपलब्ध गराउने सचिव धमलाले बताए ।

यसैगरी लुम्बिनी प्रदेश सरकारले माघ १ गते योग दिवस मनाउने भएको छ । योग, बैकल्पिक चिकित्सालगायतको प्रवर्द्धन गर्न प्रदेशमा विभिन्न कार्यक्रम गरिने भएको छ । माघ २ गते नै भूकम्प सुरक्षा दिवससमेत मनाउने गरी तयारी भइरहेको प्रदेश सरकारका प्रवक्ता चेतनारायण आचार्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?