Butwal Today

पाटन हत्या प्रकरण : ‘रङ नम्बर’मा फोन जाँदा सुरु भएको थियो विवाद

२६ चैत्र २०८२, बिहीबार
अ+
अ-

ललितपुर ।

ललितपुर प्रहरीले ललितपुर पाटनको कृष्ण मन्दिर परिसरमा बुधबारराती भएको दाजुभाइको हत्या प्रकरणमा थप अनुसन्धान सुरु गरिएको जनाएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी होविन्द्र बोगटीले दाजुभाइमाथि छुरा प्रहार गरि हत्या गर्ने ललितपुर महानगरपालिका–९ भूलढोकाका सञ्जीव नेपाली र उनका सहयोगी गैँडाकोटका गगन सुनारलाई पक्राउ गरि थप अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

सामान्य फोन कल गलत नम्बरमा पुगेपछि विवाद सुरु भएको र त्यसपछि सञ्जीवले दाजुभाइलाई पाटनमा बोलाएको खुलेको छ । पाटनमा भेटका क्रममा सञ्जीवले झापाको कमल गाउँपालिका–६ का बर्ष ३३ का सुमित नेम्बाङ र बर्ष २५ का सृजन नेम्बाङलाई छुरा प्रहार गरि हत्या गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको एसएसपी बोगटीले जानकारी दिए ।

पक्राउ परेका सञ्जीव नेपाली मासु पसलमा काम गर्ने गरेको र यसअघि पनि अपराधीक गतिविधिमा लागेको देखिएको प्रहरीले जनाएको छ । घटनाको सिसिटिभि क्यामरा र प्रत्यक्षदर्शीसंग सोधपुछ गरेर थप अनुसन्धान भइरहेको एसएसपी बोगटीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?