© 2026
काठमाडौँ– नेकपा एमालेका सांसद रामबहादुर थापा ‘बादल’ले कुन उदेश्यपूर्तिका लागि पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीलाई पक्राउ गरियो भन्दै प्रश्न गरेका छन्।
बिहीबारको संसद बैठकमा उनले सिंहदबार कुन उदेश्यले जलाइएको, बालबालिकालाई कुन उदेश्यले निषेधित क्षेत्र तोड्न लगाइएको, कुन उदेश्यले सिंहदरबारलगायत संरचना किन जलाइएको आदि प्रश्न गर्दै अहिले पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीलाई कुन उदेश्यले पक्राउ गरियो भन्दै प्रश्न गरेका हुन्।
सरकारले एमाले अध्यक्ष तथा पूर्वप्रधामन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको छ। छोटो समय संसद बोलेका उनले प्रश्ननै प्रश्न गरेका थिए।
साथै रास्वपालाई विजयी प्राप्त गरेकोमा बधाई दिएका थिए।