© 2026
बुटवल । बुटवल र भैरहवास्थित ओमोडा एण्ड जेइकु सवारी साधनका आधिकारिक शोरुममार्फत नयाँ विद्युतीय एसयूभी जेइकु जे ६ टी (रियर–ह्वील ड्राइभ) को बिक्री शुभारम्भ गरिएको छ ।
अघिल्लो जे ६ मोडलको ठुलो सफलतापछि कम्पनीले अझ बलियो बनावट, बक्सी डिजाइन र परिष्कृत कार्यक्षमतासहित नयाँ संस्करण बजारमा ल्याएको हो ।
शोरुमका अनुसार जे ६ टी को सुरुवाती मूल्य ६६ लाख ९९ हजार रुपैयाँ र अधिकतम खुद्रा मूल्य ६८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । नेपालको विविध भू–बनोटलाई ध्यानमा राखेर डिजाइन गरिएको यो एसयूभी अफरोड र दुर्गम सडकमा पनि सहज सञ्चालन गर्न सकिने विशेषतासहित आएको छ ।
नयाँ मोडलमा २२५ एमएम ग्राउण्ड क्लियरेन्स (अघिल्लोमा २०० एमएम) रहेको छ भने उच्च प्रदर्शन गर्ने सिएटिएल लिथियम आइरन फस्फेट ब्याट्रीमार्फत एक पटक चार्जमा करिब ४३१ किलोमिटर ड्राइभिङ रेन्ज दिने कम्पनीले जनाएको छ ।
१९ इन्चका टायर र ४ हजार ४३३ एमएम लम्बाइको ठुलो बडीले सडकमा सन्तुलन र आकर्षक उपस्थितिलाई थप मजबुत बनाएको छ ।
इन्टेरियरतर्फ १५.६ इन्चको टच स्क्रिन, ९.२ इन्चको इन्स्ट्रुमेन्ट प्यानल, ५० वाट वायरलेस चार्जर र ८–स्पीकर साउन्ड सिस्टम जस्ता सुविधाले यसलाई विलासितायुक्त बनाएको छ ।
बुटवल र भैरहवाका आधिकारिक शोरुमका प्रवन्धक राजीव खनालले जे ६ टी नेपाली बजारका लागि उपयुक्त विद्युतीय एसयूभी भएको बताए । “नेपालको भौगोलिक अवस्थालाई ध्यानमा राखेर डिजाइन गरिएको यो गाडी अफरोड क्षमता र दिगोपन दुबै हिसाबले उत्कृष्ट छ,” उनले भने, “ग्राहकबाट सकारात्मक प्रतिक्रिया आउन थालेको छ र छोटो समयमै राम्रो माग देखिएको छ ।”
त्यस्तै, सेल्स कन्सल्टेन्ट तिलक गैरेका अनुसार गाडी सार्वजनिक भएसँगै ग्राहकको चासो उल्लेख्य रूपमा बढेको छ । “अहिलेसम्म ५ वटा बुकिङ भइसकेका छन् । टेस्ट ड्राइभका लागि आउने ग्राहकले यसको डिजाइन र पावरफुल परफर्मेन्स निकै मन पराएका छन्,” उनले भने ।
उनले इच्छुक ग्राहकलाई बुटवल र भैरहवास्थित शोरुममा गएर गाडी अवलोकन, टेस्ट ड्राइभ तथा बुकिङ गर्न आग्रह गरे । नयाँ जे ६ टी बोल्ड डिजाइन, उच्च प्रविधि र अफरोड क्षमताको संयोजन खोज्ने एसयूभी पारखीका लागि आकर्षक विकल्प बन्ने अपेक्षा गरिएको छ ।