Butwal Today

सन्धिखर्कमा महिलाका लागि सीप विकास तालिम सम्पन्न

१६ चैत्र २०८२, सोमबार
अ+
अ-

अर्घाखाँची । 

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. १० मा महिलाको आर्थिक सशक्तीकरणलाई लक्षित गर्दै सञ्चालन गरिएको सात दिने “बासका मुडा बुन्ने तालिम”  सम्पन्न भएको छ ।

सन्धिखर्क नगरपालिका वडा नं. १० को आयोजनामा तथा महिला सञ्जालको सहजीकरणमा मिति सञ्चालन गरिएको  तालिमले स्थानीय महिलाहरूमा आत्मनिर्भरता र सीप विकासतर्फ नयाँ ऊर्जा थपेको सहभागीको भनाइ छ ।

तालिममा वडा भित्रका ३२ जना महिलाहरूको सक्रिय सहभागिता रहेको थियो । सहभागीहरूले बासबाट मुडा बुन्ने व्यावहारिक सीप सिकेका छन्, जसले घरेलु उद्योग तथा आयआर्जनको नयाँ सम्भावना सिर्जना गर्ने विश्वास लिइएको छ ।

कार्यक्रममा बोल्दै सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख मिश्रा आचार्यले महिलाहरूको क्षमता विकासका लागि यस्ता कार्यक्रमहरू अत्यन्त आवश्यक रहेको बताउँदै सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गरे ।  प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले स्थानीय स्रोत–साधनको सदुपयोग गर्दै स्वरोजगार सिर्जना गर्न सकिने उल्लेख गरे ।

त्यस्तै वडा अध्यक्ष मोहनसिंह ठकुरी, प्रशिक्षक नवराज श्रेष्ठ, महिला सञ्जालकी अध्यक्ष इन्दिरा हमाल ठकुरी लगायतले तालिमले महिलाहरूलाई आत्मनिर्भर बन्न प्रेरणा दिएको धारणा व्यक्त गरेका थिए ।

यस प्रकारका सीपमूलक तालिमहरूले ग्रामीण क्षेत्रमा बसोबास गर्ने महिलाहरूको जीवनस्तर उकास्न र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन महत्त्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?