ट्रेंडिंग:

>> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित

लिला गिरीः शिक्षकदेखि मुख्यमन्त्रीसम्म

२७ पुष २०७९, बुधबार
२७ पुष २०७९, बुधबार

बुटवल, २७ पुस ।

लुम्बिनी प्रदेशमा बुधबार मात्र मुख्यमन्त्री भएका लिला गिरी कुनै बेला शिक्षक थिए । उनले कुनै बेला हाल तिलोत्तमाको ढिंगरनगरमा रहेको जनज्योती माविमा पढाउँथे । २०२२ सालमा १२ वर्षको उमेरमै गुल्मीमा तत्कालिन पञ्चेहरुका विरुद्ध अगुवा शिक्षक सिद्धिनाथ ज्ञवालीहरुसंगै आन्दोलनमा सहभागी भएका गिरी गुल्मीबाट ०३४ सालमा रुपन्देहीको शंकरनगर–१ मा (हालको तिलोत्तमा नगरपालिका–१ बसाई सरेर आए यता राजनीतिक र सामाजिक काममा हालसम्म उत्तिकै सक्रियतापूर्वक निरन्तर क्रियाशील रहेका छन् ।

उनी बहुदलीय व्यवस्थाको पहिलो गाविस अध्यक्ष समेत बने । शंकरनगर गाउँ विकास समितिमा गिरी पहिलो जननर्वाचित अध्यक्ष हुन् । गिरीले सहिद गंगालाल पुस्तकालयको महासचिव, क्रान्तिकारी बुद्धिजीवी संघ, शिक्षक संगठन, युवा सक्रिय दल, दक्षिण एसीयामै ऐतिहासिक मानिने सोह्र–छत्तीस कुला मौजाको नेतृत्व हुँदै किसान आन्दोलनमा सरिक भएर किसानमा वामपन्थी राजनीति प्रवाह गरेका थिए । किसानहरुलाई पार्टीमा आवद्ध गर्ने, संगठित गर्ने र अभियानमा सरिक बनाउने काममा पनि उनी सक्रिय भए ।

वि.सं.२०६१ माघ १९ गतेको ज्ञानेन्द्रको शाही ‘कु’ को विरोधको नेतृत्व गरेको भन्दै पक्राउ गरी जेल चलान गरियो । ०६१ माघ २७ देखि ०६२ बैशाख २८ गते सम्म जिल्ला कारागारमा जेल यातना भोगेको उनी बताउँछन् । २०४६ देखि पार्टी कमिटीको नेतृत्व गरेका गिरीले २०४६ सालमा नेकपा मालेको जिल्ला कमिटी सदस्य, सोही समयमै जिल्ला वाममोर्चाको सदस्य, २०४७ सालमा पार्टी एकीकरण भएपछि बनेको नेकपा एमालेको जिल्ला कमिटी सदस्य, वि.सं.२०५६ मा जिल्ला कमिटी रुपन्देहीको उपसचिव भएर काम गरेका थिए ।

त्यस्तै वि.सं.०५८–०६१ सम्म एमाले जिल्ला कमिटीको कार्यवाहक सचिव, ०६१–०६६ र ०६६–०६९ सम्म एमाले जिल्ला कमिटी सचिव (पार्टी जिल्ला प्रमुख) र जिल्ला कमिटी अध्यक्ष बने । वि.सं. २०६९ सालमा एमालेको साविकको लुम्बिनी अञ्चल समन्वय कमिटी सदस्य र संगठन विभाग प्रमुख, वि.सं.०६९–०७० सम्म अञ्चल कमिटी सदस्य र नवौं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएर काम गरेका थिए गिरी । नेकपा कालमा नेकपाको लुम्बिनी प्रदेश कमिटी अध्यक्ष बनेका गिरी हाल नेकपा एमालेको पोलिटब्यूरो सदस्य तथा लुम्बिनी सहइन्चार्ज छन् ।

०७४ मंसिर २१ गते सम्पन्न भएको प्रदेशसभा निर्वाचनमा रुपन्देही क्षेत्र नं. २ (१) बाट प्रतिस्पर्धीलाई दोब्बरभन्दा धेरै मत अन्तरले पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका गिरी २०७९ मंसिर ४ गते सम्पन्न चुनाबमा रुपन्देही क्षेत्र २ (१) बाटै कांग्रेस नेतृत्वको गठबन्धनलाई पराजित गर्दै लुम्बिनी प्रदेश सभामा अत्यधिक मतले विजयी भए । गिरी नेकपा एमालेभित्र इमान्दार र स्वच्छ छविका नेताका रुपमा परिचित रहेको प्रेस चौतारीका केन्द्रीय सदस्य अमृत गिरी बताउँछन् ।

उनलाई नजीकबाट चिन्ने तिलोत्तमा – २ निबासी अग्रज पत्रकार अर्जुन ज्ञवाली गिरी सामाजिक क्षेत्रमा सक्रिय भूमिका खेल्दै आएको समरण गर्छन् । “उनी कुलापानीदेखि लिएर विभिन्न संघसंस्थामा आवद्ध भए, शंकरनगर गाविसको पनि नेतृत्व गरे, सामाजिक रुपमा गिरी निकै नै स्वच्छ छविका मानिन्छन्”–ज्ञवाली भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?