Butwal Today

बुटवलमा प्रधानमन्त्री र गृहमन्त्रीको राजिनामा माग गर्दै सडकमा उत्रियो एमाले

१४ चैत्र २०८२, शनिबार
अ+
अ-

रुपन्देही । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार बिहान पक्राउ परेपछि देशको राजनीतिक वातावरण एकाएक तातेको छ। बिहानै काठमाडौँको गुण्डुस्थित आफ्नै निवासबाट पक्राउ गरिएका ओलीको विषयलाई लिएर एमाले कार्यकर्ताहरू आक्रोशित बन्दै सडकमा उत्रिएका छन्।

पक्राउको खबर सार्वजनिक हुनासाथ राजधानी काठमाडौंमा दिउँसोदेखिनै एमालेका नेता तथा कार्यकर्ताहरू विरोध प्रदर्शनमा उत्रिएका थिए। बुटवलको मिलन चोकमा भने प्रधानमन्त्री र गृहमन्त्रीको राजिनामा माग गर्दै एमालेले विरोध प्रदर्शन गरेको थियो । उनीहरूले सरकारको कदमलाई “राजनीतिक प्रतिशोध” भन्दै चर्को नाराबाजी गरेका छन्। प्रदर्शन शान्तीपूर्ण थियो । यता, विरोध प्रदर्शन काठमाडौंमा मात्र सीमित नभई देशका अन्य शहरहरूमा पनि फैलिएको छ। विशेषगरी बुटवलमा एमाले कार्यकर्ताहरूले ओलीको रिहाइको माग गर्दै सडक प्रदर्शन गरेका छन्। उनीहरूले तत्काल रिहा नगरे आन्दोलन थप सशक्त बनाउने चेतावनी दिएका छन्।

पक्राउ लगत्तै बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले सरकारको कदमको कडा विरोध गरेको छ। बैठकले यस घटनालाई अलोकतान्त्रिक र असंवैधानिक ठहर गर्दै राजनीतिक र कानुनी दुवै माध्यमबाट प्रतिवाद गर्ने निर्णय गरेको छ। पार्टीका शीर्ष नेताहरूले यो घटनाले लोकतान्त्रिक मूल्य र मान्यतामाथि गम्भीर प्रश्न उठाएको बताएका छन्।

यस घटनाले समग्र राष्ट्रिय राजनीतिमा नयाँ तरंग ल्याएको छ। सत्तापक्ष र प्रतिपक्षबीचको तनाव बढ्ने संकेत देखिएको छ भने आन्दोलन अझै चर्किने सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?