Butwal Today

सामाजिक सुरक्षा कोषसम्बन्धी अन्तरक्रिया बुटवलमा सम्पन्न

१४ चैत्र २०८२, शनिबार
अ+
अ-

बुटवल । सामाजिक सुरक्षा कोष, बुटवल कार्यालयको आयोजनामा “नेपालमा सामाजिक सुरक्षा : वर्तमान अवस्था” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बुटवल क्षेत्रका विभिन्न व्यावसायिक सङ्घ–संस्था, रोजगारदाता, ट्रेड युनियन प्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि तथा पत्रकार एवं मिडियाकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा कोषका निर्देशक रोहित रेग्मी ले सामाजिक सुरक्षा कोषको वर्तमान अवस्था, उपलब्धि र चुनौतीबारे विशेष प्रस्तुतीकरण दिएका थिए ।

त्यसै गरी, कोषका निमित्त कार्यालय प्रमुख खिम कार्की ले कार्यक्रम सञ्चालन गरेका थिए ।

अन्तरक्रियामा सहभागीहरूले उठाएका जिज्ञासाको समाधान गर्दै सामाजिक सुरक्षा कोषप्रति विश्वास बढ्ने र यस क्षेत्रका सङ्घ–संस्थाहरूको सूचीकरणमा वृद्धि हुने विश्वास व्यक्त गरिएको थियो ।

कार्यक्रममा रोजगारदाताले श्रमिकप्रति वहन गर्नुपर्ने दायित्वलाई सामाजिक सुरक्षा कोषमार्फत व्यवस्थापन गर्ने प्रक्रिया तथा श्रमिकहरूले पाउने सुविधा सम्बन्धमा पनि विस्तृत छलफल गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?