© २०२३
बुटवल, २७ पुस ।
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका लागि एमाले पोलिटब्यूरो सदस्य एवं संसदीय दलका नेता लिला गिरीले बुधबार प्रमुख समक्ष दावी पेश गरेका छन् ।
प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा दावी पेश गर्न बुधबार अपरान्ह ४ बजेसम्मको समयसीमा दिनुभएकोमा निर्धारित समयसिमाभित्रै गिरीले विभिन्न दलका सांसदहरुको हस्ताक्षरसहित दावी पेश गरेका हुन् ।
लुम्बिनी प्रदेशमा ८७ जना प्रदेश सांसद रहेकोमा गिरीले एमालेका २९, नेकपा माओवादी केन्द्रका १०, राप्रपाका ४, जसपा र जनमतका ३÷३, नागरिक उन्मुक्तिका ४, लोसपाका ३ र स्वतन्त्रबाट निर्वाचित २ गरी ५८ सांसदको हस्ताक्षरसहित दावी पपेश गरेका हुन् ।
लुम्बिनीमा सरकार गठनका लागि ४४ जनाको सांसदको समर्थन आवश्यक पर्छ । तर गिरीले नेपाली काँग्रेस, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीबाहेकका दलको समर्थनमा दावी पेश गरेका हुन् ।
बुटवलस्थित प्रदेश प्रमुख कार्यालयमा दाबी पेश गरेपछि आज नै प्रदेश प्रमुख शेरचनले मुख्यमन्त्रीमा लीला गिरीलाई नियुक्त गर्नेछन् । ५ वर्षकै लागि एमालेले मुख्यमन्त्री चलाउने शिर्ष नेताहरुले गरेको सहमति प्रति असन्तुष्टी जनाउँदै माओवादी संसदीयदलका नेता जोखबहादुर महरा एक्कासी काठमाडौ पुगेपछि मंगलबार ४ बजेका लागि राखिएको दाबी प्रस्तुत गर्ने कार्यक्रम रोकिएको थियो