© 2026
दाङ । दाङको घोराही उपमहानगरपालिका–१०, सौडिकुलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार गए राति भएको उक्त दुर्घटनामा मोटरसाइकलमा सवार घोराही–१२ का ३० वर्षीय बेलबहादुर पुनको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा परेका मोटरसाइकल चालक घोराही–१० निवासी धनबहादुर घर्ती गम्भीर घाइते भएका छन् र उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।