ट्रेंडिंग:

>> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित

देउवालाई ओलीले भनेः संसद विघटनमा तपाईंकै बाटो पछ्याएको हुँ

२६ पुष २०७९, मंगलवार
२६ पुष २०७९, मंगलवार

पुस २६ , काठमाडौँ

मंगलबार प्रतिनिधि सभामा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत माग्ने क्रममा ओलीले सरकारलाई समर्थन गरेकोमा कांग्रेसलाई धन्यवाद दिए । प्रतिपक्षी दलले विश्वास मत दिने को  लोकतन्त्रमा नयाँ भाष्य स्थापना भएको र त्यसबारे भविष्यमा छलफल होला भन्ने आशा गरे ।उनले भने,‘प्रतिपक्षी दलले दिएको यो विश्वासको मत कुनै जाल होइन, ढोक्सा होइन भन्ने विश्वास व्यक्त गर्न चाहन्छु । कुनै जाल वा ढोक्सा हो भने भन्न चाहन्छु माछा नभएको खोलामा फ्याँके जस्तै हुनेछ जाल । यसभित्र भोलिका लागि केही सोचिएको छ भने ढोक्सा रित्तै हुनेछ किनभने त्यस खोलाबाट त्यस ढोक्सा थोपेतिर कुनै माछा बग्नेछैन ।’

उनले कांग्रेस संसद् विघटन हुनेवित्तिकै झसँग भएर प्रतिगमन सम्झने भन्दै व्यङ्ग्य गरे । संसद् विघटन बेलायतमा पनि हुने, जापान, इजरायलमा पनि हुने अरु देशमा पनि हुने बताए । उनले शेरबहादुर देउवाले २०५८ साल असारमा संसद् विघटन गरेको र अरु कसैले समर्थन नगरेको बेला आफूले समर्थन गरेको स्मरण गराए ।

चुनाव गराउनु भएन भने गलत हो चुनाव गराएर जनताको बीचमा जाने हो भने ठिक हो भनेर मैले समर्थन गरेको हैन भन्दै ओलीले प्रश्न गरे । उनले मौका अनुसार राजनीतिमा व्याख्या गर्न नहुने बताए । उनले भने,‘बहुदल पद्धति के हो, सत्ता पक्ष भनेको के हो र प्रतिपक्ष भनेको के हो ? त्यसको विश्वव्यापी परिभाषा, विश्वव्यापी मान्यता, अभ्यास छ । त्यसमा म बहस गर्न चाहन्न शेरबहादुरजीलाई धन्यवाद मात्र दिन चाहन्छु ।’

उनले प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिने निर्णय गरेकोप्रति व्यङ्ग्य गर्दै भने,‘मैले हिजै विश्वासको मत दिनुहोस् भनेको थिएँ, कांग्रेसका साथीहरु बाहिर कार्पेटमा पोखेजस्तो किन गर्ने भनेर कपमै हालिदिनुभयो । थ्याङ्क्यू भेरी मच । वास्तवमा विरोध गर्ने ठाउँ नै छैन नि । प्रधानमन्त्रीमा पुष्पकमल दाहालजीलाई विरोध गर्ने कसैको लागि पनि ठाउँ छैन नि । त्यसमा पनि नेपाली कांग्रेसका लागि कुनै ठाउँ छैन २ वर्षपछि त भोट हाल्छु भनेकै थियो, २ वर्षअघि नदिँदाको कुरा न हो यो । २ वर्षपछि भोट हाल्ने भनेकोले अहिले किन नहाल्ने ? मामुली कुरा हो नि त्यो । यसमा बहस नगरौँ ठिक छ ।’

प्रधानमन्त्रीले विश्वासको मत माग्ने क्रममा विगतको कुरा नराखी भविष्यको कुरा राखेको, सरकारको न्यूनतम प्राथमिकतामा राखिएको कुरा स्वागतयोग्य रहेको बताए ।  उनले प्रतिबद्धता जति प्रस्तुत गरिन्छ त्यो पूरा गर्न त्यतिकै चुनौती रहेको पनि उल्लेख गरे । ५० लाख गरिबी हटाउने र विदेश गएका लाखौँ नेपालीलाई आकर्षक रोजगारीको व्यवस्था गर्न चुनौती रहेको टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?