Butwal Today

पौडी खेल्ने क्रममा बालक महाकालीमा बेपत्ता

२ चैत्र २०८२, सोमबार
अ+
अ-
खलङ्गा (दार्चुला) ।  दार्चुलामा महाकाली नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन् ।
महाकालीमा आज पौडी खेल्ने क्रममा व्यास गाउँपालिका–६ का १५ वर्षीय धिरज धामी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्र बुढाथोकीले जानकारी दिए । उनका अनुसार जिल्ला सदरमुकाम खलङ्गामा डेरा गरी बस्दै आएका धामी पौडी खेल्ने क्रममा  महाकाली नगरपालिका–५ बसपार्क नजिकबाट बेपत्ता भएका हुन् ।
साथीहरूसँग पौडी खेल्न गएका धामी नदीमा डुबेर बेपत्ता भएका हुन् । उनीसँगै गएका दुई साथी भने सकुशल रहेको प्रहरीले जनाएको छ । धामी महेन्द्र माध्यमिक विद्यालय खलङ्गामा कक्षा ९ मा अध्ययनरत थिए । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?