© 2026
बुटवल । बुटवल संगमपथको एक जुत्ता पसलमा आगलागी भएको छ। बुटवल उपमहानगरपालिका-४ संगमपथमा राजु श्रेष्ठले संचालन गर्दै आएको न्यु गुल्मेली रेसुङ्गा ट्रेडर्समा आज साँझ आगलागी भएको हो । जुत्ता चप्पलको थोक पसल र गोदाममा आगलागी हुँदा करोड बढीको क्षति भएको अनुमान गरिएको छ ।
साँझ ७ः३० बजे लागेको आगलागीलाई बुटवल उपमहानगर र तिलोत्तमा नगरपालिकाको दमकलको सहयतामा नियन्त्रण गरिएको छ ।
आगलागीको खबर पाए लगत्तै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय घटनास्थल पुगेर आगलागी नियन्त्रणमा जुटेका थिए । आगलागीबाट भएको वास्तविक क्षतिका विषयमा प्रहरीले अनुसनधान थालेको छ । आगलागीको कारण बारेपनि अध्ययन भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।