© 2026
बुटवल । फर्वाड नेपाल मल्टिप्रपोजको आयोजनामा यही चैत १ बाट २५ गते सम्म बुटवल महामेला आयोजना हुने भएको छ ।
बुटवल देविनगर रङ्गशालामा आयोजना हुने मेलामा राष्ट्रिय र स्थानीय कलाकारको प्रस्तुति सहित जलपरि कपल डान्स, ब्रुज खलिफा, सहित लुम्बिनीको प्रतिमा सहितको सचिवालय आयोजना गरिने कम्पनीका अध्यक्ष गोविन्द भुसालले जानकारी दिए ।
आयोजक संस्थाले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि मेलको तयारी पुरा गरिएको जानकारी दिएका हुन । बुटवल महामेलामा टिकटक प्रतियोगिता सहित डान्स प्रतियोगिता आयोजना गरिने भएको छ ।
मेलामा करिब ५ लाख दर्शक आउने र ५ करोडको कारोबार हुने अपेक्षा गरिएको छ ।