© 2026
बुटवल । बुटवल उपमहानगरपालिकाले ज्योतिष तथा पुरोहित तालिम दिने भएको छ । बुटवलले शुक्रबार सूचना प्रकाशित गरी सहायक पुरोहित र ज्योतिष तालिमका लागि इच्छुक आवेदनकर्तासँग आवेदन माग गरेको हो ।
सूचनाअनुसार ज्योतिषसम्बन्धि तालिम ३ महिनासम्म हुनेछ भने कर्मकाण्ड सहायक पुरोहितसम्बन्धि तालिम पनि ३ महिनाकै हुने उल्लेख छ ।
वार्षिक कार्यक्रमअनुसार ३-३ महिनाको तालिममा ३० जनाले निशुल्क रुपमा सहभागी हुन सक्ने सूचनामा उल्लेख छ ।
