Butwal Today

पूर्व प्रधानमन्त्री ओलीलाई परेको पितृ शोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त

२९ फाल्गुन २०८२, शुक्रबार
अ+
अ-
काठमाडौँ  । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई परेको पितृ शोकप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
सभापति थापाले आज सामाजिक सञ्जालमार्फत पूर्व प्रधानमन्त्री ओलीका पूजनीय पिता मोहनप्रसाद ओलीको आज भएको निधनको दुःखद खबरले आफूलाई मर्माहत बनाएको बताए ।
उनले स्वर्गीय मोहनप्रसादको आत्माको मोक्ष प्राप्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे । सभापति थापाले यस कठिन क्षणमा शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?