Butwal Today

महाशिवरात्रिका अवसरमा धारापानी मेलाबाट साढे ९ लाख आम्दानी 

२६ फाल्गुन २०८२, मंगलवार
अ+
अ-

दाङ ।  दाङको धारापानीमा फागुन ३ गते लागेको महाशिवरात्रि मेलामा साढे ९ लाख बढी आम्दानी भएको छ । प्रत्येक वर्ष महाशिवरात्रि पर्वका दिन लाग्ने मेलाबाट ९ लाख ५१  हजार तीन सय १७ रुपैयाँ आम्दानी भएको हो ।

जसमा सबै भन्दा बढी दान पेटिकाबाट तीन लाख ८३ हजार आठ सय ५०, सहयोग रसिदबाट दुई लाख छ हजार नौ सय सात,बजार मेला स्टलबाट एक लाख ७५ हजार पाँच सय,रमाइलो मेला पिङबाट एक लाख, पार्किङ शुल्कबाट ८० हजार तीन सय ८० र टीकाबाट चार हजार छ सय असी आम्दानी भएको हो ।

यस्तै मेला व्यवस्थापन अन्तरगत भक्तजन खाना नास्ता, टेन्ट तथा साउन्ड सिस्टम, अतिथि सत्कार तथा प्रचारप्रसार लगायतमा दुई लाख ८२ हजार दुई सय तीस खर्च भई ६ लाख ६९ हजार ८७ रुपैयाँ बचत भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमार अधिकारीले जानकारी दिएका छन् ।

यस वर्षको मेलालाई व्यवस्थित बनाउन  विभिन्न १६ वटा उपसमिति,  तीन सय ५१ जना स्वयंसेवक परिचालन गर्दा मेला सभ्य,शान्त र व्यवस्थित रूपमा सम्पन्न भएको समितिका सचिव विष्णुराम आचार्यले जानकारी दिए  । मेलामा विभिन्न भजनकृतन, नाचगान तथा नौमती पञ्चेबाजा समूह घोराही १३ ले नौमती पञ्जेवाजा, नेपाल ज्योतिष परिषद्, धामी झाँक्री समूहले तान्त्रिक झाकी प्रस्तुत गरेको थियो ।

सो अवसरमा घोराही उप महानगरपालिकाको स्वास्थ्य शाखा,स्वास्थ्य कार्यालय दाङ र गोरखा हस्पिटल लगायत विभिन्न संघसंस्थाहरूको समन्वय तथा सहकार्यमा नसर्ने रोगको स्क्रिनिङ शिविर सञ्चालन भएको थियो ।

यसैबिच यस वर्षको मेलामा सहभागी भई भव्य बनाउन सहयोग गर्ने सबै भक्तजन,सुरक्षाकर्मी,पत्रकार,स्वास्थ्यकर्मी,सरकारी तथा विभिन्न  गैरसरकारी संस्था,व्यापारी लगायत सवैमा मन्दिर व्यवस्थापन समितिले धन्यवाद ज्ञापन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?