© 2026
बुटवल। रुपन्देही–२ मा कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार चुन्नप्रसाद शर्मा पौडेलले बुटवल उपमहानगरपालिका-४ स्थित कान्ति माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गरेका छन् । मतदानपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले लोकतन्त्रको उत्सवमा सहभागी हुन आम मतदातालाई उत्साह, आशा र भरोसाका साथ मतदान गर्न अपिल गरे ।
उनले निर्वाचन भयरहित, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गर्दै निर्वाचन प्रक्रियामा खटिएका कर्मचारी, सुरक्षाकर्मी तथा निर्वाचन आयोगको टोलीप्रति आभार व्यक्त गरे । ‘जनताको मत नै सर्वोच्च शक्ति हो, त्यसैले सबै मतदाताले निर्धक्क भएर आफ्नो अधिकार प्रयोग गर्नुहोस्’- उनले भने ।