© 2026
दाङ,२० फागुन ।
दाङमा मोटरसाइकल दुर्घटनामा हुँदा एक युवकको उपचारका क्रममा मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१९ थानगाँउका २२ वर्षका दिपेन घर्ती मगर रहेको दाङ प्रहरीले जनाएको हो । .४ प.४४८१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना भएको थियो ।
मोटरसाइकलमा पछाडि सवार सोही ठाउँका २१ वर्षका सोनु सुनारको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता रेशम बोहोराले जानकारी दिए ।
दुर्घटनामा परी गम्भीर घाइते भएका दुवै जनालाई राप्ती लाईफ केयर हस्पिटल तुलसीपुर सामान्य उपचार पछि थप उपचारका लागी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा रेफर गरिएको थियो ।
मोटरसाइकल चालक दिपेनको उपचारकै क्रममा हिजो बेलुका मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते सुनारको बाँया हात, ढाड र शरीरको विभिन्न भागमा चोट लागेको छ ।
मोटरसाइकल अनियन्त्रित भई तुलसीपुर–१९ हाडिमेको भित्री सडक खण्डमा दुर्घटना भएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले प्रहरीले जनाएको छ ।