© २०२३
काठमाडौं, २२ पुस ।
सरकारका न्यूनतम साझा कार्यक्रम तयार गर्न गठित कार्यदलले आफ्नो प्रतिवेदन तयार गरेको छ । शनिवार बस्ने शीर्ष नेताको बैठकमा प्रतिवेदन पेश गरेर सार्वजनिक गर्ने दलहरूको तयारी छ ।
उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको कार्यदलको शुक्रवार बसेको बैठकले साझा कार्यक्रमलाई अन्तिम रूप दिएको हो । कार्यदलका सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले जनतालाई खुसी तुल्याउने गरी कार्यक्रम तयार भएको जानकारी दिए ।
‘कार्यदलले साझा न्यूनतम कार्यक्रमको प्रतिवेदन तयार पारेको छ, भोलि शीर्ष नेताको बैठकमा पेश गरेपछि सार्वजनिक हुनेछ । सुशासनका एजेण्डा र जनतालाई प्रत्यक्ष परिवर्तन दिलाउने आभास भएका छन्’, ढकालले भने, ‘प्रत्येक क्षेत्रलाई समेट्ने गरी कार्यक्रम तयार भएको छ । जनतालाई खुसी बनाउने गरी आउँछ ।’
पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिनु अगावै सरकारका न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने दलहरूको तयारी छ ।