ट्रेंडिंग:

>> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित

रवि लामिछानेको सांसद पद खारेज हुनुपर्ने कानुन व्यवसायीको जिकिर

२२ पुष २०७९, शुक्रबार
२२ पुष २०७९, शुक्रबार

काठमाडौं, २२ पुस ।

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकताबारे जारी बहसमा न्यायाधीशहरुले सरकारी र निवेदकतर्फका वकिलहरुसँग प्रश्न गरेका छन् । न्यायाधीशहरुले विदेशी नागरिकता त्यागेपछि नेपाली नागरिक बन्ने प्रक्रियाबारे प्रश्न गरेका हुन् । सर्वोच्च अदालतमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासमा लामिछानेको मुद्दाबारे बहस चलिरहेको हो ।

बहसका क्रममा निवेदकको तर्फबाट अधिवक्ता रमन कर्णले बहस गर्दा नागरिकता सम्बन्धी ऐनमा स्वतः खारेज हुने व्यवस्था भएपनि पुनः प्राप्तिको व्यवस्था नभएको उल्लेख गरे । सो क्रममा न्यायाधीश सिंहले ‘कुनै नागरिक स्टेटलेस हुन सक्छ ?’ भनेर प्रश्न गरेका थिए । जवाफमा कर्णले स्टेटलेस नहुने तर पुनः प्राप्तिका लागि प्रक्रिया पुरा गर्नुपर्ने बताए ।

सो क्रममा सरकारी वकिलको तर्फबाट सञ्जीवराज रेग्मीले बहस गरे । उनले रविको नागरिकताको विषयमा नागरिकता ऐन २०६३ र राहदानी ऐनअनुसार छानबिन भइरहेको बताए । सो क्रममा न्यायाधीश खतिवडाले सोधे, ‘रवि लामिछानेले भिसा लिएर आएको देखियो, तपाईँ के भन्नुहुन्छ ?’ जवाफमा रेग्मीले भने, ‘त्यसमा केही भन्नै परेन । विदेशी हकमा भिसा जारी हुन्छ ?’

त्यससपछि उनले उताको नागरिकता त्याग गरेपछि यताको प्रक्रिया पुरा गर्नुपर्छ कि पर्दैन भनेर प्रश्न गरे । यस्तै सिन्हाको अर्को प्रश्न गरे, ‘प्रक्रियामा जानु पर्छ कि पर्दैन ?’ सो क्रममा उनले नागरिक स्वतः हुने र अनागरिक नहुने बताए । त्यसपछि प्रतिप्रश्न गर्दै कामु प्रधानन्यायाधीश कार्कीले प्रक्रियाबारे प्रश्न गरे । उनले भने, ‘नागरिक स्वतः हुने कुरा त फरक कुरा होला तर प्रक्रिया ?’ बहस जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?