© 2026
बुटवल । रुपन्देही क्षेत्र नं –२ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ले आज बिहिबार तिलोत्तमा नगरपालिकाका बिभिन्न वस्तीका मतदातासंग भेटघाट एवं घरदैलो गरेका छन ।
नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार पाण्डे सहितका नेता कार्यकर्ताले मतदाताको घर–घरमा पुगेर तारा चिन्हमा भोट मागेका छन । त्यस क्रममा मतदाताले उनलाई उत्साहित भएर निर्वाचनमा लाग्न आग्रह गरेका छन ।
उम्मेदवारसहित नेता कार्यकर्ताहरु झण्डा व्यानर बोकेर गीत संगीत गुञ्ज्याउँदै टोल टोलमा पुग्दा मतदाताले चासोपूर्वक विश्वदीपको उम्मेदवारीबारे जिज्ञासा राखेका थिए ।
मतदातासंगको भेटमा उम्मेदवार पाण्डेले कुनै शंशय र धक नमानी आफूलाई मतदान गर्न आग्रह गर्दै जेनजीको भावना र पाको पुस्ताको अनुभव र सुझावलाई ग्रहण गरेर रुपन्देहीको विकासको खाका कोर्न आफू तयार रहेको बताएका थिए ।
चुनावी घरदैलो अभियानलाई निरन्तरता दिँदै आएका उनले आम मतदाताको भरोसा र विश्वास टुट्न नदिने प्रतिवद्धता समेत व्यक्त गरे । घरदैलोमा पुग्दा मतदातालाई चुनावी प्रतिवद्धतापत्र समेत दिने गरिएको छ ।
त्यसो त रुपन्देहीको निर्वाचन प्रचारप्रसारमा दलहरु र तिनका कार्यकर्ताबीच कुनै कटुता देखिएको छैन । बरु प्रचारका क्रममा प्रतिद्धन्द्धी उम्मेदवारको सम्पर्क कार्यालय देखिएमा दोहोरो मत माग्ने गरिएको निर्वाचन परिचालन समितिका संयोजक नारायण जी सी ‘निर्मल’ले बताए ।
निर्वाचन आयोगले निर्वाचन प्रसार प्रचारको लागि तोकेको समयसीमा शुरु भएकोले उम्मेदवारहरु घरदैलो र सभाभेला गरेर भोट माग्ने क्रम व्यापक बन्न थालेको छ ।
निर्वाचन परिचालन समितिका संयोजक जीसीका अनुसार प्रत्येक दिन हरेक वडा र टोलमा उम्मेदवार नपुगे पनि घरदैलो अभियान जारी रहेको छ । त्यस क्रममा स्थानीयसंग अन्र्तक्रिया, छलफल गर्दै आफ्नो उम्मेदवारलाई मत दिनुपर्ने कारणबारे जानकारी गराईएको संयोजक जीसीले बताए ।