Butwal Today

दाङको तुलसीपुरमा सिलिन्डर बम बिस्फोट

५ फाल्गुन २०८२, मंगलवार
अ+
अ-

दाङ ।

दाङको तुलसीपुरमा अज्ञात समूहले सिलिन्डर बम बिष्फोट गराएको छ । तुलसीपुर उपमहानगरपालिका ६ र वडा न ८ को सीमाक्षेत्र पातुखोलामा बिस्फोट भएको प्रहरीले जनाएको छ ।

तुलसीपुर अटोभिलेजदेखि तलतिर गाइपालन फर्मदेखि पश्चिमतर्फ पातुखोलामा अज्ञात समूहले सिलिन्डर विष्फोट भएको दाङ प्रहरीले जनाएको छ ।
घटनास्थलमा सिलिन्डरका टुक्राहरु फेला परेका छन् । प्रहरी घटनास्थल पुगिसकेको र थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले तुलसीपुरका प्रवक्ता बिनोदराज खत्रीले बताए। बम विष्फोट भएपछि स्थानीय त्रसित बनेका छन् ।

निर्वाचनको मिति नजिकिदै गर्दा चुनावलाई लक्षित गरेर त्रसित गराउन अज्ञात समूहले विष्फोट गराएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। घटनामा अरु कुनै क्षति भने भएको छैन् ।

जिल्ला प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रेशम बोहराले प्रहरी घटनास्थलमा पुगेको बताए । विस्फोटको आवाज आएपछि प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको उनले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?