© 2026
बुटवल ।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले आज तीन जिल्लामा चुनावी तथा जनसम्पर्क कार्यक्रम गर्ने भएका छन् ।
पार्टीले सार्वजनिक गरेको कार्यतालिका अनुसार उनले रुपन्देही, कपिलवस्तु र नवलपरासीका विभिन्न स्थानमा पुगेर कार्यकर्ता तथा स्थानीयसँग भेटघाट गर्नेछन् ।
रुपन्देही क्षेत्र नम्बर ४ अन्तर्गत मार्चवारी मन्दिर र लुम्बिनी पर्साचोकमा दिउँसो १ः०० बजे कार्यक्रम तय गरिएको छ । त्यसपछि क्षेत्र नम्बर ५ मा १ः२० बजे, क्षेत्र नम्बर ३ मा ३ः५० बजे र क्षेत्र नम्बर १ मा ४ः०५ बजे जनसम्पर्क कार्यक्रम रहनेछ ।
कपिलवस्तुमा क्षेत्र नम्बर १ अन्तर्गत तौलिहवामा १ः४० बजे, क्षेत्र नम्बर ३ को बहादुरजंगमा २ः०० बजे तथा क्षेत्र नम्बर २ मा क्रमशः २ः२०, २ः५० र ३ः१० बजे कार्यक्रम तय गरिएको छ । भैरहवा र धकधई क्षेत्रमा पनि कार्यकर्ता तथा स्थानीयसँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
त्यसैगरी नवलपरासीमा क्षेत्र नम्बर २ मा ४ः२० बजे र क्षेत्र नम्बर १ मा ४ः३० बजे जनसम्पर्क कार्यक्रम हुनेछ । चन्द्रौटा र गोरुसिङ्गे क्षेत्रमा पनि भेटघाट तय गरिएको छ। परासी चोक, बलासपुर र गोपीगंजमा क्रमशः ५ः०० र ५ः१५ बजे कार्यक्रम सञ्चालन गरिनेछ ।
पार्टीका अनुसार कार्यक्रमका क्रममा स्थानीय मतदातासँग भेटघाट, घण्टी अभिवादन तथा चुनावी अभियानसम्बन्धी छलफल गरिनेछ । यसअघि शुक्रबार उनले नुवाकोट, धादिङ र गोरखामा चुनावी कार्यक्रम सम्पन्न गरेका थिए । त्यसपछि पोखरा पुगेका उनी रुपन्देही आइपुगी आजको कार्यक्रम सञ्चालन गर्न लागेका हुन् ।