Butwal Today

नवलपरासी पश्चिम २ मा कांग्रेसबाट भरत थापाको उम्मेदवारी कायम

८ माघ २०८२, बिहीबार
अ+
अ-

बुटवल । पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट भरत थापाको उम्मेदवारी कायम भएको छ। निर्वाचन अधिकृत कार्यालयका अनुसार भरत थापाले पहिला उम्मेदवारी दर्ता गरेकोले उनको नाम कायम गरिएको हो।

नेपाली कांग्रेसका सभापति गगन थापाले एकै क्षेत्रका लागि भीमबहादुर थापा क्षेत्री (भरत) र देवेन्द्र राज कँडेल (मुन्नाबाबु) दुवैलाई टिकट दिएर पठाएपछि विवाद उत्पन्न भएको थियो।

सुरूमा नेपाली कांग्रेसको तर्फबाट भरतले उम्मेदवारी दर्ता गराएका थिए। निर्वाचन कार्यालयमा ७ नम्बरमा उम्मेदवारी दर्ता गराएका भरतको प्रस्तावकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राधेश्याम पाठक र समर्थकमा यमलाल भुसाल रहेका छन्।