Butwal Today

कांग्रेसका पूर्व सांसद कनोडिया एमाले प्रवेश

३ माघ २०८२, शनिबार
अ+
अ-

बुटवल-नेपाली कांग्रेस कपिलवस्तुका नेता वीरेन्द्रकुमार कनोडिया नेकपा एमाले प्रवेश गरेका छन्। लुम्बिनी प्रदेशसभाका पूर्व सांसद कनोडियालाई शनिबार काठमाडौंमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सदस्यता प्रदान गर्दै स्वागत गरेका थिए। उनलाई एमालेले कपिलवस्तु ३ मा उम्मेदवार बनाउने गरी पार्टी प्रवेश गराएको हो।

एमाले नेता तथा प्रदेश सांसद गिरीधारीलाल न्यौपानेले उम्मेदवार बनाउने गरी नेता कनोडियालाई पार्टी प्रवेश गराएको बताए।

नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर ३ ले एकल सिफारिस गरेको थियो। कनोडिया एमाले प्रवेश गरेपछि कांग्रेसबाट अभिषेकप्रताप शाह उम्मेदवार बन्ने चर्चा छ।

चिनी मिल सञ्चालक समेत रहेका कनोडियामाथि उखु किसानको पैसा नतिरेको आरोप लाग्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?