Butwal Today

कांग्रेसको नयाँ नीति: समानुपातिकमा २०६४ यताका सांसदलाई नदोहोर्‍याउने

१३ पुष २०८२, आइतबार
अ+
अ-

 काठमाडौँ, १३ पुस ।

 नेपाली कांग्रेसले समानुपातिकबाट सांसद बनेका उम्मेदवारलाई यसपटक पुनः उम्मेदवार नबनाउने निर्णय गरेको छ । समानुपातिक बन्दसूचीमा राखिने उम्मेदवारको नाम छनोट गर्न बसिरहेको कार्यसम्पादन समितिको बैठकले यो निर्णय गरेको हो ।

समानुपातिक निर्वाचन प्रणाली लागू भएयता ०६४, ०७०, ०७४ र ०७९ सालमा प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिक सूचीबाट सांसद बनेका उम्मेदवारलाई अबको सूचीमा नसमेट्ने निर्णय कांग्रेसले गरेको हो ।

कार्यसम्पादन समितिका एक सदस्यले भने, “यसअघि भएका कुनै पनि निर्वाचनमा समानुपातिकबाट सांसद बनेकाहरू अबको सूचीमा राखिने छैनन् । अहिलेसम्म मौका नपाएका नयाँ उम्मेदवारहरू मात्र समानुपातिक सूचीमा रहनेछन् ।”

कांग्रेसको कार्यसम्पादन समितिको बैठक हाल पनि चलिरहेको छ । बैठकले समानुपातिक तर्फ बन्दसूचीमा रहने उम्मेदवारको नाम छनोट गर्नेछ ।