ट्रेंडिंग:

>> तिलोत्तमा व्यापार संघको १२औँ वार्षिक साधारण सभा >> रवि-बालेनसँग मिल्ने विषयमा कुलमानको जवाफ: विधि होला, सम्मानजनक उपस्थिति हुनुपर्ला >> जिल्ला भेलाको तयारीमा जुट्दै हाटबजार व्यवसायी >> रौतहटको मदिरा उद्योगमा विष्फोट: १ जनाको मृत्यु, ६ जना घाइते >> मधु र कैटभ: हाम्रो मनभित्रको महायुद्ध >> मणिमुकुन्द सेन दरबार: छायामा पर्दै बुटवलको ऐतिहासिक इतिहास >> चराचुरुङ्गीको मुख्य वासस्थान गुल्मी >> प्रचण्ड र गगनको नाम रोल्पाबाट सिफारिस  >> तेल मिलमा भेटिन्छन् जिसस पूर्वउपप्रमुख >> गुल्मीमा  एक सातामा १३१ जनाले राहदानी बनाए >> प्रसारण लाइनको तारमुनिको जग्गा कित्ताकाट गर्न पाइने, सुरक्षा मापदण्ड भने यथावत् >> इराकका नेपालीलाई श्रम स्वीकृति दिने निर्णय, पर्नेछ यस्तो फरक >> माघीले जोड्दै थारु पहिचान >> गुल्मी सेवा समाज कतारद्वारा भाग्यशाली चिट्ठाको नतिजा सार्वजनिक >> रास्वपा बाणगंगा–९ भलवाडको प्रथम अधिवेशनबाट नमराज गुरुङको अध्यक्षतामा नयाँ समिति  >> शंकरनगर सामुदायिक वनको २५ औं साधारण सभा >>  दिवा सेवा केन्द्र: जहाँ भुल्छ ज्येष्ठ नागरिकको मन >> राप्ती स्वास्थ्य विज्ञान  प्रतिष्ठानमा कार्डियोलोजिष्ट सेवा सुरु हुँदै  >> तीन जिल्लाका सुरक्षा प्रमुखहरुको  बैठक रुरुक्षेत्रमा >> अर्घाखाँचीको सितगंगामा विस्फोटक पदार्थ फेला, नेपाली सेनाद्वारा डिस्पोज गर्ने तयारी >> लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रमा २१८ प्रहरी जवान दीक्षित >> बालेन, रवि र कुलमानको पार्टी एकताको लागि आजै हस्ताक्षर हुने तयारी >> विशेष महाधिवेशन पक्षधरले केन्द्रीय कार्यालय घेर्नुपर्छ : कांग्रेस नेता तिवारी >> प्रभु बैंकका सीईओ अशोक शेरचन हाजिरी जमानीमा रिहा हुने >> फागुन २१ प्रतिनिधिसभा निर्वाचन : प्रचण्ड कहाँ–कहाँबाट भए उम्मेदवार सिफारिस ? >> परराष्ट्रमन्त्री बालानन्द शर्माले लिए पद तथा गोपनीयताको शपथ >> अर्घाखाँचीमा विद्यार्थी बोकेको जिप दुर्घटना, चालकको  मृत्यु, १६ घाइते >> गृह मन्त्रालयद्वारा १२ जिल्लामा नयाँ सीडीओ खटाउने, ६ सहसचिव पदस्थापित >> सर्वोच्चले जाँचबुझ आयोगविरुद्धको रिट खारेज गर्‍यो >> प्रचण्डसँग छलफलका लागि मन्त्री खरेल हात्तीबन पुगे >> बालेन–रास्वपा एकतापछि पावर ब्यालेन्सको बारे छलफल >> ओलीको स्थानहदबारे सरकारको जवाफ : चुनावका लागि सबै उल्झन हटाइन्छ >> सञ्चारमन्त्री खरेल र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता >> सुनको भाउ हालसम्मकै उच्च, तोलाको भाउ २ लाख ६९ हजार नाघ्यो >> पृथ्वीचन्द्र अस्पतालले पाएन सरकारको पैसा >> किन पाएन तरकारीले राम्रो भाउ ? >> चिसो मौसमको स्वास्थ्य समस्या र जोगिने उपाय >> ज्येष्ठ नागरिकप्रति सम्मानको खाँचो  >> रूपान्तरण हुँदै नटुवाको पुर्ख्यौली पेसा >> सरकारको लगानी: बालुवामा पानी >> विभिन्न कार्यक्रमका साथ ज्येष्ठ नागरिक दिवस मनाइँदै >> बालेनलाई लक्षित गर्दै हर्क साम्पाङले भने– लुकेर देश खरानी बनाउनेसँग भेट्दिन >> जेनजी अगुवासँग बालेनको भेट : सबै वैकल्पिक शक्तिलाई एउटै मोर्चामा ल्याउने तयारी >> नगरपालिकाले श्रमिक डेक्स बनाउने >> कुमार बेनको घरबाट १४ घण्टापछि बाहिरिए बालेन >> औद्योगिक प्रदर्शनीमा अहिलेसम्मकै ठूलो भीडः एकै दिन ६० हजार अवलोकनकर्ता >> सुशासनको खिल्ली उडाउँदै रिब्दीकोट >> केपीको कब्जा र कांग्रेसको रुख देखिनुभएन – खगेन्द्र सुनार >> विश्वप्रकाश शर्माले गरे आगामी निर्वाचन नलड्ने घोषणा >> प्रदीप पौडेलले महामन्त्री पदका लागि उम्मेदवार हुने घोषणा

जिल्ला भेलाको तयारीमा जुट्दै हाटबजार व्यवसायी

१२ पुष २०८२, शनिबार
१२ पुष २०८२, शनिबार

नवलपरासी, १२ पुस ।

जिल्लाका हाटबजार व्यवसायीहरू जिल्ला स्तरीय भेला गर्ने योजनाको तयारी जुटेका छन् ।

जिल्ला भित्र रहेका विभिन्न हाटबजारहरूमा सरकारी बेवास्ताले संस्थागत तथा व्यक्तिगत दुवै तिरबाट अतिक्रमण हुन थालेपछि हाटबजारसँग सम्बन्धित व्यवसायी तथा कृषकहरू बजार संरक्षणमा अग्रसरता देखाएका हुन् ।

सरकारद्वारा उपेक्षामा परेका हाटबजारलाई आर्थिक क्षेत्रको पहिचान गराउनका लागि जिल्ला स्तरीय भेलाको आवश्यकता महसुस गरि भेला गर्ने गृहकार्य भई रहेको हाटबजार जिल्ला समन्वय समितिका संयोजक राधेश्याम अग्रहरीले बताए ।

समाजवादमा आधारित,कृषक व्यवसायी तथा उपभोक्ताको प्रत्यक्ष सहभागिता रहेको स्थान हाटबजार हो, उनले भने, अहिले पुजिँवादी व्यवस्थाको भाटघटेनी जस्ता सपिगँमलहरू बन्ने गरेको छ, त्यसमा बैंक तथा वित्तीय क्षेत्रले लगानी गर्दै आएका छन् ।

जसमा मूल्यमा कुनै प्रतिस्पर्धा पनि हुदैन्, एक मुल्य हुन्छ, तर हाटबजार हाम्रो परम्परागत सपिगँमल जस्तै हो, खुल्ला पारदर्शी, प्रतिस्पर्धा हुन्छ । किसानको प्रत्यक्ष पहुँच हुन्छ, उपभोक्ता र उत्पादकको प्रत्यक्ष सहभागिता हुन्छ । यसमा सरकारको करोडौँ लगानी पनि हुँदै आएको छ ।

लाखौँको प्रत्यक्ष र परोक्ष रोजगारीले जोडेको छ । तर सरकारी उपेक्षामा परेको देखिएको छ । तिन तहको सरकारले आफ्नो अनुकूल बजारमा हस्तक्षेप समेत गर्ने कार्य हुँदै आएको छ । कहीँ कतैबाट अतिक्रमण र हस्तक्षेप हुँदा सुनुवाइ पनि हुँदैन, त्यो भएर सङ्गठित हुन आवश्यकता महसुस गर्दै उनले भेलाको तयारी भई रहेको सुनाए ।

सकेसम्म यहीँ आर्थिक वर्ष २०८२/०८३ भित्र जिल्ला भेला गराउने तयारीमा जुटेका छौँ, उनले भने । हाटबजार व्यवसायीले बजारको डिपिआर रामग्राम नगरपालिकासँग दुई महिना देखी माग गर्दा समेत नपाएको गुनासो गर्दै भने, दुई साता पहिला आफूले डिपिआरका लागि लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई निवेदन दिँदै आग्रह गरेको छु । तर हालसम्म पाइएको छैन ।

जिल्लाको रामग्राम नगरपालिका २ स्थित परासी हाटबजारमा केही व्यक्तिले अतिक्रमण गरि रहेको भन्दै व्यवसायीले बजारको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) माग गर्दा नपाउने र पछि जिल्ला समन्वय समितिलाई गुहारे पनि नगरपालिकाले अटेरी गर्दा मुख्यमन्त्री समक्ष निवेदन दिएका हुन् ।

हाट बजार व्यवसायी राधेश्याम अग्रहरीले रामग्राम नगरपालिकासँग बजारको डिजाइन सहितको डिपिआर कात्तिक १५ गते नै माग गरेका थिए । तत्पश्चात् उनलाई डिपिआरको प्रतिलिपि उपलब्ध नभएपछि उनी मङ्सिर १ गते जिससमा निवेदन दर्ता गराएका थिए । जिससले पत्राचार गर्दा पनि नगरपालिकाले अटेरी गरे पछि उनी मुख्यमन्त्रको कार्यालयमा जिल्ला हुलाक कार्यालय मार्फत पत्र पठाएका थिए ।

जिल्लामा अहिले धेरै जसो हाटबजारको समस्या उस्तै रहेको सुनाए । सुनवल, बर्दघाटमा उस्तै समस्या छ, उनले भने, पहिला सार्वजनिक जग्गा, नदी उकास, बन जङ्गल नजिकै अस्थायी रूपमा हाटबजार लगाउने गर्छन्, पछि त्यहीका केही व्यक्ति संस्थाहरू स्थानीय सरकारसँग मिलेर हाटबजार अन्यत्र सार्ने र ती जग्गा कब्जा गर्ने नियति राख्दै आएका छन् । तर अब हाटबजार क्षेत्रको सिमाङ्कन, रेखाङ्कन गरि स्थायी पहिचान बनाउन आवश्यक देखिएको छ ।

त्यसैका लागि जिल्ला भित्र रहेका हाटबजारहरूका प्रतिनिधिहरूलाई जिल्ला स्तरीय भेला गरि एउटा घोषणापत्र जारी गर्ने र तिनै तहका सरकार समक्ष हाटबजारको दिगो व्यवस्थापनका लागि पहल गर्ने गरि भेलाको तयारीमा आफू लागेको सुनाए ।

जिल्ला कृषि ज्ञान केन्द्रको तथ्याङ्क अनुसार जिल्लामा साप्ताहिक हाटबजारको सङ्ख्या कुल ३२ वटा रहेको छ । जसमा रामग्राम नगरपालिकामा परासी हाटबजार, पटखौली हाटबजार, धर्मपुर हाटबजार, कुनुरु हाटबजार गरि ५ वटा हाटबजारहरू रहेका छन् ।

त्यसै गरि सुनवल नगरपालिका मित्र सोमनाथ हाटबजार, अस्नैया हाटबजार, बैरागनाथ हाटबजार, रामपुर चौराहा हाटबजार,भुमही हाटबजार गरि ५ वटा हाट बजार रहेको छ ।

यसै गरि बर्दघाट नगरपालिका क्षेत्र भित्र भोटेक्याम्पस हाटबजार, बाढीपीडित हाटबजार, बर्दघाट १५ हाटबजार, पालडाडा हाटबजार, कुकुरमारा हाटबजार, चिसापानी हाटबजार, बर्दघाट हाटबजार, भटवलिया हाटबजार,माकर हाटबजार, भुतहा हाटबजार गरि १० वटा हाटबजार रहेका छन् ।

प्रतापपुर गाउँपालिकामा पनि सिसहनिया हाटबजार, सेमरी हाटबजार, सुर्यपुरा हाटबजार, पिपरपाती हाटबजार,बेलाटारी हाटबजार, गरि ५ वटा हाटबजार रहेका छन् । पाल्हीनन्दन गाउँपालिकामा एउटा मात्र बैरवा हाटबजार मात्र रहेको छ, भने सुस्ता गाउँपालिकामा बरुवा हाटबजार, रूपौलिया हाटबजार,कुडिया हाटबजार, सुस्ता हाटबजार, फेनहरा हाटबजार, र नर्सही हाटबजार गरि ६ वटा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?