© २०२३
काठमाडौँ ।
काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका संरक्षक तथा ऊर्जा मन्त्री कुलमान घिसिङबीच शुक्रबार पार्टी एकताको लागि हस्ताक्षर हुने भएको छ ।
स्रोतका अनुसार परिस्थितिमा कुनै फेरबदल नभए आज साँझसम्म साह, लामिछाने र घिसिङबीच पार्टी एकताको लागि हस्ताक्षर हुनेछ ।
हस्ताक्षर अघि तीनै पक्षले आ–आफ्नो गृहकार्य गरी सामूहिक भेट गर्ने तयारी भइरहेको छ । स्रोतले भने, “सबै पक्ष एक ठाउँमा आएपछि छलफल गरेर आजै सहमतिमा हस्ताक्षर हुनेछ । यदि केही फरक नपरे भोलि एकता घोषणा सभा आयोजना हुनेछ ।”
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि वैकल्पिक शक्तिहरू र जेनजीहरू एकै ठाउँमा बसेर पुराना शक्तिहरूलाई चुनौती दिने तयारीमा छन् ।