ट्रेंडिंग:

>> अर्घाखाँचीको सितगंगामा विस्फोटक पदार्थ फेला, नेपाली सेनाद्वारा डिस्पोज गर्ने तयारी >> लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रमा २१८ प्रहरी जवान दीक्षित >> बालेन, रवि र कुलमानको पार्टी एकताको लागि आजै हस्ताक्षर हुने तयारी >> विशेष महाधिवेशन पक्षधरले केन्द्रीय कार्यालय घेर्नुपर्छ : कांग्रेस नेता तिवारी >> प्रभु बैंकका सीईओ अशोक शेरचन हाजिरी जमानीमा रिहा हुने >> फागुन २१ प्रतिनिधिसभा निर्वाचन : प्रचण्ड कहाँ–कहाँबाट भए उम्मेदवार सिफारिस ? >> परराष्ट्रमन्त्री बालानन्द शर्माले लिए पद तथा गोपनीयताको शपथ >> अर्घाखाँचीमा विद्यार्थी बोकेको जिप दुर्घटना, चालकको  मृत्यु, १६ घाइते >> गृह मन्त्रालयद्वारा १२ जिल्लामा नयाँ सीडीओ खटाउने, ६ सहसचिव पदस्थापित >> सर्वोच्चले जाँचबुझ आयोगविरुद्धको रिट खारेज गर्‍यो >> प्रचण्डसँग छलफलका लागि मन्त्री खरेल हात्तीबन पुगे >> बालेन–रास्वपा एकतापछि पावर ब्यालेन्सको बारे छलफल >> ओलीको स्थानहदबारे सरकारको जवाफ : चुनावका लागि सबै उल्झन हटाइन्छ >> सञ्चारमन्त्री खरेल र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता >> सुनको भाउ हालसम्मकै उच्च, तोलाको भाउ २ लाख ६९ हजार नाघ्यो >> पृथ्वीचन्द्र अस्पतालले पाएन सरकारको पैसा >> किन पाएन तरकारीले राम्रो भाउ ? >> चिसो मौसमको स्वास्थ्य समस्या र जोगिने उपाय >> ज्येष्ठ नागरिकप्रति सम्मानको खाँचो  >> रूपान्तरण हुँदै नटुवाको पुर्ख्यौली पेसा >> सरकारको लगानी: बालुवामा पानी >> विभिन्न कार्यक्रमका साथ ज्येष्ठ नागरिक दिवस मनाइँदै >> बालेनलाई लक्षित गर्दै हर्क साम्पाङले भने– लुकेर देश खरानी बनाउनेसँग भेट्दिन >> जेनजी अगुवासँग बालेनको भेट : सबै वैकल्पिक शक्तिलाई एउटै मोर्चामा ल्याउने तयारी >> नगरपालिकाले श्रमिक डेक्स बनाउने >> कुमार बेनको घरबाट १४ घण्टापछि बाहिरिए बालेन >> औद्योगिक प्रदर्शनीमा अहिलेसम्मकै ठूलो भीडः एकै दिन ६० हजार अवलोकनकर्ता >> सुशासनको खिल्ली उडाउँदै रिब्दीकोट >> केपीको कब्जा र कांग्रेसको रुख देखिनुभएन – खगेन्द्र सुनार >> विश्वप्रकाश शर्माले गरे आगामी निर्वाचन नलड्ने घोषणा >> प्रदीप पौडेलले महामन्त्री पदका लागि उम्मेदवार हुने घोषणा >> मेयर बालेनले रक्षाको नेतृत्वमा जेनजी अगुवासँग छलफल गरे >> १७ वर्षमा ४७ लाखभन्दा बढीले अवलोकन गरे नारायणहिटी सङ्ग्रहालय >> त्रिवि ५१ औँ दीक्षान्त समारोहमा १६ हजार ३८० विद्यार्थी दीक्षित >> रवि लामिछाने र बालेन शाहबिच फेरि भेटवार्ता हुने >> रविलाई प्रश्न- घण्टी बजाउने कि लौरो टेक्ने ? रविको जवाफ- समयले बताउला >> स्वास्थ्य कार्यालयको स्पष्टिकरण : मुगुमा भाइरल इन्फ्लुएन्जाबाट कसैको मृत्यु भएको छैन >> बालेनसँगको भेटपश्चात् रवि लामिछानेको प्रतिप्रश्न : मेरो अनुहारले के भन्छ ? >> भारतको कर्नाटकमा बस दुर्घटना, कम्तीमा ११ जनाको मृत्यु >> रवि–बालेनको छलफलमा अमरेश कुमार सिंह पनि सहभागी >> प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्था परिमार्जनको तयारी : प्रधानमन्त्री >> सरकारले वातावरण बनाए निर्वाचनमा गएर बहुमत ल्याउँछौँ : केपी शर्मा ओली >> भित्र रवि र बालेन छलफलमा, बाहिर सुदन गुरुङले गेटमा लगाए ताला >> लगातार ३ दिन उच्च कीर्तिमान बनाएको सुनको भाउमा आज सामान्य गिरावट >> २० वर्षीया महिला बुटवलबाट सम्पर्कबिहीन, खोजीका लागि परिवारको अपिल >> कालीगण्डकीका नागरिकलाई उद्यमी बनाउन च्याउ खेती तालिम >> विप्लवको आग्रह- सरकारको नेतृत्व गर्न दिनुहोस्, देशलाई निकास दिन्छौँ >> सर्वोच्चमा जलेका ८ हजार मिसिल पुनः प्राप्ति >> अस्पताल र स्वास्थ्य चौकीमा प्रजनन स्वास्थ्य किट हस्तान्तरण     >> शितलहरबाट बच्न सावधानी अपनाऔँ 

बालेन–रास्वपा एकतापछि पावर ब्यालेन्सको बारे छलफल

११ पुष २०८२, शुक्रबार
११ पुष २०८२, शुक्रबार

काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच सम्भावित एकतापछि बन्ने पावर ब्यालेन्सबारे दुवै पक्ष छलफलमा जुटेका छन् ।

बालेन निकट एक स्रोतका अनुसार रास्वपाले प्रधानमन्त्रीको प्रस्ताव गरेपछि पार्टी एकताको सम्भावनासँगै पावर ब्यालेन्सको विषय उठेको हो ।

स्रोतले भन्यो, ‘रास्वपाले प्रधानमन्त्री प्रस्ताव गरेको हो । त्यसपछि पार्टी नै एक हुने हो भने पावर ब्यालेन्सको कुरा स्वाभाविक रूपमा आउँछ । त्यस विषयमा छलफल भइरहेको छ । बेलुकासम्म निचोड निस्कने सम्भावना छ । अहिले दुवै पक्षका दोस्रो तहका नेताहरू छलफलमा छन् । आजको नगर सभा सकिएपछि मेयर बालेन र रास्वपा सभापति रवि लामिछाने पनि छलफलमा बस्नुहुनेछ ।’

स्रोतका अनुसार रास्वपाको तर्फबाट उपसभापति डा. स्वर्णिम वाग्ले र शिशिर खनाल छलफलमा सहभागी छन् भने बालेनको तर्फबाट सचिवालय प्रमुख भूपदेव शाह र सल्लाहकार कुमार बेन सहभागी छन् ।

बालेन निकट स्रोतका अनुसार धेरै विषयमा प्रारम्भिक सहमति भइसकेको छ । ‘प्रधानमन्त्री बालेन बन्ने अवस्थामा रास्वपाभित्र बालेन कुन भूमिकामा रहने भन्ने कुरा स्पष्ट हुनुपर्छ । भविष्यमा पार्टी ठूलो बन्दै जाँदा शक्ति प्रयोगमा समस्या नआओस् भनेर अहिले नै यी विषय टुंग्याउन खोजिएको हो,’ उनले भने ।

बाहिर चर्चामा आएको बालेन र रवि लामिछानेको आलोपालो नेतृत्व गर्ने रास्वपाको प्रस्तावलाई भने बालेनको टिमले अस्वीकार गरेको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?