Butwal Today

केपीको कब्जा र कांग्रेसको रुख देखिनुभएन – खगेन्द्र सुनार

१० पुष २०८२, बिहीबार
अ+
अ-

काठमाडौँ ।

हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनारले नयाँ र वैकल्पिक शक्तिहरू मिल्नुको विकल्प नभएको बताएका छन् । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै सुनारले यस्तो बताएका हुन् ।

सुनारले भने, “कांग्रेस–एमाले देश डुबाउन मिल्दैछन्, हामी बनाउन मिल्दैछौँ ।” उनले नयाँ शक्तिहरूको एउटै चाहना रहेको पनि बताए । उनले थपे, “मरेका जेनजी र बाँचेका नेपालीको मुख हेर्ने हो । केपी ओलीको कब्जाबाट देश मुक्त गराउन र भोलि देशवासीको सुखका लागि हो । केपी ओलीको मुख र कांग्रेसको रुख देखिनुभएन ।”

उनले बालेनले सक्रिय राजनीतिमा आउने चाहना राखेको भन्दै आफूहरूले रवि, बालेन र कुलमानहरूलाई मिलेर जान सुझाव दिएको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?