Butwal Today

रविलाई प्रश्न- घण्टी बजाउने कि लौरो टेक्ने ? रविको जवाफ- समयले बताउला

१० पुष २०८२, बिहीबार
अ+
अ-

 काठमाडौं, १० पुस ।

 रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग वार्ता गरेर निस्किएका छन् । ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको घरमा उनीहरूबीच वार्ता भएको थियो ।

वार्ता सकिएपछि लामिछाने भर्खरै निस्किएका हुन् । बालेनसँगको भेटपश्चात् सञ्चारकर्मीले उनलाई “वार्ता के भयो ?” भनेर प्रश्न गरेका थिए । सो क्रममा उनले प्रतिप्रश्न गर्दै भने, ‘मेरो अनुहारले के भन्छ ?’ त्यसपछि सञ्चारकर्मीले अर्को प्रश्न गरेका थिए, ‘लौरो टेक्ने कि घण्टी बजाउने ?’

जसको जवाफमा रविले भने, ‘बाँकी समयले बताउला, वार्ता राम्रो भयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?