Butwal Today

बालेनसँगको भेटपश्चात् रवि लामिछानेको प्रतिप्रश्न : मेरो अनुहारले के भन्छ ?

१० पुष २०८२, बिहीबार
अ+
अ-

 काठमाडौं, १० पुस ।

रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग वार्ता गरेर निस्किएका छन् । वार्ता ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको घरमा भएको थियो । वार्ता सकिएपछि लामिछाने भर्खरै निस्किएका हुन् ।

बालेनसँगको भेटपश्चात् सञ्चारकर्मीले लामिछानेसँग “वार्ता के भयो?” भनेर प्रश्न गरेका थिए । सो क्रममा उनले प्रतिप्रश्न गर्दै भने, ‘मेरो अनुहारले के भन्छ ?’ रविले भेटबारे सञ्चारकर्मीसँग यतिमात्रै बताएका छन् । प्रायः मिडियासँग खुला कुराकानी गर्ने लामिछानेले यो भेटबारे थप विवरण भने दिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?