ट्रेंडिंग:

>> ६० सांसदलाई प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा सामेल गराउन अनुमति >> आगन्तुक चराले सजिएको बढैयाताल >> दुई राप्रपाबीच एकता गर्ने सम्झौतामा हस्ताक्षर, लिङ्देन र थापाले खुसी हुँदै मारे अंगालो >> गगन थापाको चेतावनी : छलछाम गरियो भने विकल्पमा जान्छौँ >> कांग्रेस बैठकमा नेताहरूले दिए लेखकलाई बयानका लागि जान सुझाव >> ५ प्रदेशसभा सदस्य र ८ स्थानीय तहका पदाधिकारीले मत हाल्न नपाउने >> सुशीला कार्कीको सरकार भङ्ग गर्न विप्लवको १० दिने ‘अल्टिमेटम’ >> नेप्से १.३७ अंकले बढ्यो, कारोबार रकम ३ अर्ब २२ करोड >> बर्दघाटमा किसानलाई ८० प्रतिशत सहुलियतमा प्याथोलोजी सेवा   >> तासमा चिप जडान गर्ने ७ व्यक्ति पक्राउ >> चिसोका कारण बुटवलका विद्यालय ३ दिन बन्द >> यी हुन् कांग्रेसका २४ सांसद जसले प्रतिनिधिसभा पुनर्स्थापनामा हस्ताक्षर गरेनन् >> सम्पत्ति विवरण बुझाइयो, सार्वजनिक गर्न प्रधानमन्त्री कार्यालयले ढिला गर्‍यो >> कपिलवस्तुमा ट्रकले ठक्कर दिएर मोटरसाइकल चालकको मृत्यु >> उज्यालो नेपाल र सर्वोदय पार्टीले गरे चुनावी एकता घोषणा >> राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका कार्यालयका लागि कर्मचारी माग्यो >> ठमेलमा युवक हत्या गर्ने नख्खु कारागारका फरार कैदी रोल्पाबाट पक्राउ >> कांग्रेस नेता शेखर कोइरालालाई रवीन्द्र मिश्रको ९ बुँदे खुला पत्र >> सुनको भाउमा कीर्तिमान, तोलाको २ लाख ६८ हजार १ सय रुपैयाँ पुग्यो >> कांग्रेसका ९ जिल्ला समितिले अपलोड गरेनन् सदस्यता नवीकरणको फाइल >> रिडी–वामीटक्सार सडकका पुल : बजेट अभावले निर्माण सुस्त >> ठुलो परिमाणमा लागू औषध प्रहरीको नियन्त्रणमा >> राजनीतिक मृत्यु र सिद्धान्त सिद्धिएका दलहरू ! >> हत्यामा संलग्नमाथि कारबाही गर  >> देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईका धेरै स्थानहरूमा हुस्सु >> निर्वाचन सुरक्षा योजना तयार >> नमुना सामुदायिक वनको अध्यक्षमा पुनः पौडेल  >> थालीमै विषः कमजोर अनुगमनले बढायो स्वास्थ्य संकट >> स्कलर्स होमको ३४औँ स्थापना दिवसमा १२औँ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै >> बाक्लो हुस्सु र शितलहरले ठप्प भयो नेपालगन्ज विमानस्थल >> चुनावको वातावरण बनाउन प्रधानमन्त्री र ३ दलका शीर्ष नेताबीच समझदारी, अर्को छलफल बालुवाटारमा >> राष्ट्रपति–प्रधानमन्त्रीसँग ओली, देउवा र प्रचण्डको साढे २ घण्टा छलफल >> महाधिवेशन केही समय ढिला हुन सक्छ : शेखर कोइराला >> प्रतिनिधिसभा पुनर्स्थापना गर्न कांग्रेससहितका ६८ सांसदको हस्ताक्षर सर्वोच्चमा >> सरिफ हादीको हत्या घटनापछि बंगलादेश र भारतबिच तनाव >> गृहसचिव, आईजी र काठमाडौं सीडीओको स्थानहद फुकुवा >> पार्टीले आधा भन्दा बढी उम्मेदवार युवालाई बनाउने तयारी: वर्षमान पुन >> जन्मदिनको अवसरमा अध्यक्षद्वारा जटिल रोगका बिरामीलाई आर्थिक सहयोग >> जाँचबुझ आयोगले लेखकलाई बयानका लागि पत्र पठायो >> राष्ट्रपतिको पहलमा कार्की, देउवा, ओली र प्रचण्ड पहिलोपल्ट छलफलमा >> झण्डै ४ लाख नयाँ पासपोर्ट विभागमा आइपुग्यो >> सरकारी टोलीले नेपाली कम्युनिस्ट पार्टीको कार्यालय अनुगमन गर्यो >> अमेरिकामा मेडिकल विमान दुर्घटना, ५ जनाको मृत्यु >> चितवन पुगेपछि रवि लामिछानेले भने: बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ >> पुस १३ गते लुम्बिनी प्रदेश साक्षरता घोषणा हुँदै >> कांग्रेसको प्रश्न: जेठो छोराले नै चुनाव रोक्ने हो भने हाम्रो भूमिका के ? >> राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षा आवेदन फाराम खुला >> सामूहिक गोलीकाण्डपछि अष्ट्रेलियामा बन्दुक कानून कडा हुँदै >> राष्ट्रपतिले बोलाए ३ दलका शीर्ष नेतृत्वलाई छलफलमा >> कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बुधबार बस्दै

गगन थापाको चेतावनी : छलछाम गरियो भने विकल्पमा जान्छौँ

९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

काठमाडौँ ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले समयमै नियमित महाधिवेशन नभए विकल्पमा जाने चेतावनी दिएका छन्।

बुधबार कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै महामन्त्री थापाले तोकिएकै समयमा महाधिवेशन गर्नुपर्ने बताए। सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशन गर्न आलटाल गरिरहेको आरोप लगाउँदै थापाले भने, ‘छलछाम गर्ने कुरा स्वीकार्य हुँदैन। अरु वैकल्पिक बाटो खुला छ, बैकल्पिक बाटो हिड्नुपर्ने हुन्छ।’

उनले केन्द्रीय कार्यसम्पादन समितिको बैठकसम्म पर्खिने बताए। ‘आजै बैकल्पिक बाटोमा जाऔं भनिहाल्दिनँ। अझै पनि कार्यसम्पादन समितिको बैठक चलिरहेकाले झिनो आसा राख्छु,’ थापाले भने।

कार्यसम्पादन समितिको बैठकले महाधिवेशनको सुनिश्चितता नगरेमा विकल्पमा हिड्ने उनको भनाइ थियो। ‘बैठकले कार्यतालिका संशोधन गरेर एउटा गतिका साथ र एकताका साथ अधिवेशनमा जाने बाटो बनाएन भने त्यो अवस्थामा विशेष महाधिवेशन गर्ने र नेतृत्व छान्नुको विकल्प हुँदैन,’ उनले भने।

महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेर मात्रै चुनावमा जानुपर्ने उनको भनाइ थियो। ‘एक, दुई, तीन– अधिवेशन नगरिकन, नेतृत्व नयाँ नछानिकन नेपाली कांग्रस पार्टी निर्वाचनमा जाँदैन, जानु हुँदैन,’ महामन्त्री थापाले भने, ‘यदि हामीले नियमित अधिवेशन गरेर जाँदैनौ भन्यो भने विकल्प एकदम खुला छ।’

त्यो विकल्प भनेको विशेष महाधिवेशन भएको उनको भनाइ थियो। महाधिवेशन टालटुल गर्ने कुरा भइरहेकाले त्यो स्वीकार नहुने थापाले बताए। अधिवेशन टार्ने कुराले कांग्रेसलाई ठूलो क्षति हुने उनको जिकिर थियो।

कांग्रेसमा क्रियाशील सदस्यतालाई लिएर केही जिल्लामा विवाद देखिएको छ। जसले गर्दा क्रियाशील सदस्यता वितरण गर्ने म्याद नौ दिन थपिएको थियो। त्यसले ढिलाइ हुँदा महाधिवेशन कार्यतालिका संशोधन गर्नुपर्ने भएको छ।

थापाले बुधबारको बैठकमा महाधिवेशन कार्यतालिका संशोधन प्रस्ताव गरेका छन्। जसमा वडा अधिवेशन पुस २१ मा र क्षेत्रीय अधिवेशन पुस २३ मा गर्न प्रस्ताव गरिएको छ।

त्यसपछि पनि तोकिएकै समयमा महाधिवेशन गर्न सकिने थापाको मत छ। ‘कार्यतालिका संशोधनपछि पनि महाधिवेशन पुरानै तोकिएको समयकै गर्ने हो। तिथि मिति चलाउनु हुँदैन, चलाउने पाइँदैन,’ थापाले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?