© २०२३
काठमाडौं, ९ पुस ।
पूर्व गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकलाई जाँचबुझ आयोगमा बयान दिन जानका लागि पार्टीका नेताहरूले सुझाव दिएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा नेताहरूले लेखकलाई बयानका लागि जान सुझाव दिएका हुन् ।
बैठकमा सहभागी एक नेताका अनुसार, लेखकलाई आयोगले बयानका लागि बोलाएको विषयमा कुरा उठेको थियो । प्रवक्ता प्रकाशशरण महतका अनुसार, “आजको बैठकमा निवर्तमान गृहमन्त्रीलाई बयान दिन जानुपर्ने विषयमा चर्चा भयो । सुझाव दिने साथीहरूले बयान दिन जानू राम्रो हो भन्नुभएको छ ।”
लेखकलाई हिजो मात्रै बयानका लागि आयोगले बोलाएको थियो । कार्यसम्पादन समितिको आजको बैठक सकिएको र भोलि दिउँसो १ बजे पुनः बस्ने प्रवक्ता महतले जानकारी दिएका छन् ।