Butwal Today

कांग्रेस बैठकमा नेताहरूले दिए लेखकलाई बयानका लागि जान सुझाव

९ पुष २०८२, बुधबार
अ+
अ-

 काठमाडौं, ९ पुस ।

पूर्व गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकलाई जाँचबुझ आयोगमा बयान दिन जानका लागि पार्टीका नेताहरूले सुझाव दिएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा नेताहरूले लेखकलाई बयानका लागि जान सुझाव दिएका हुन् ।

बैठकमा सहभागी एक नेताका अनुसार, लेखकलाई आयोगले बयानका लागि बोलाएको विषयमा कुरा उठेको थियो । प्रवक्ता प्रकाशशरण महतका अनुसार, “आजको बैठकमा निवर्तमान गृहमन्त्रीलाई बयान दिन जानुपर्ने विषयमा चर्चा भयो । सुझाव दिने साथीहरूले बयान दिन जानू राम्रो हो भन्नुभएको छ ।”

लेखकलाई हिजो मात्रै बयानका लागि आयोगले बोलाएको थियो । कार्यसम्पादन समितिको आजको बैठक सकिएको र भोलि दिउँसो १ बजे पुनः बस्ने प्रवक्ता महतले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?