ट्रेंडिंग:

>> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त

लुम्बिनीको मुख्यमन्त्री माओवादीको भागमा !

१३ पुष २०७९, बुधबार
१३ पुष २०७९, बुधबार

बुटवल, १३ पुस ।

सत्ता साझेदार मुख्य दुई दल एमाले र माओवादी केन्द्रबीच प्रदेश सरकारस बाँडफाँडमा मोटामोटी सहमति जुटेको छ । दुई मुख्य दलबीच सातै प्रदेशमा मुख्यमन्त्रीको भागवण्डा गर्ने विषयमा बुधबार करिब सहमति बनेको हो ।

सहमति अनुसार एमालेले चारवटा प्रदेशमा सरकारको नेतृत्व गर्ने छ भने माओवादी केन्द्रले दुईवटा प्रदेशमा मुख्यमन्त्री लिने समझदारी भएको छ । बुधबार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बीचमा यस्तो समझदारी भएको बताइएको छ । यद्यपि लुम्बिनीको मुख्यमन्त्रीमा एमालेको पनि दावी छ । एमालेले लुम्बिनीको मुख्यमन्त्री लिए माओवादीले वागमतीको लिने छ ।

मधेश प्रदेशमा भने सरकारको नेतृत्व अन्य दलले आलोपालो गर्ने गरी ओली र दाहालले समझदारी गरेको बताइएको छ । जसअनुसार साढे दुईवर्ष जसपा र अर्को साढे दुई वर्ष जनमत पार्टीले सरकारको नेतृत्व गर्ने छन् ।

एमाले स्रोतले दिएको जानकारी अनुसार एमालेले प्रदेश १, बागमती, गण्डकी र कर्णालीको मुख्यमन्त्री लिनेछ । त्यस्तै माओवादी केन्द्रले सुदुरपश्चिम प्रदेश, लुम्बिनी प्रदेशमा मुख्यमन्त्री लिनेछ ।

यद्यपि यो सहमति भने सार्वजनिक गरिएकको छैन । मौखिकरुपमा दुई नेताबीच यस्तो समझदारी बनेको माओवादी केन्द्रका एक नेताले दावी गरे । प्रदेशका मुख्यमन्त्रीहरू पनि केन्द्रको जस्तै आलोपालो गर्ने विषयमा समझदारी भए पनि त्यसमा भने ठोस निर्णय भएको छैन । एमालेबाट प्रदेश १ मा हिक्मत कार्की, बागमतीमा जगन्नाथ थपलिया, गण्डकीमा खगराज अधिकारी र कर्णालीमा यमलाल कँडेल मुख्यमन्त्रीका लागि तयार छन् ।

माओवादीबाट सुदुरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री बन्नेछन भने लुम्बिनीमा जोखबहादुर महरा मुख्यमन्त्री बन्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?